पोखरामा कोरोना संक्रमण पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा भएको नमुना परीक्षणमा कसैमा पनि कोरोना संक्रमणको पुष्टि नभएको स्पष्ट पारेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले केही सञ्चारमाध्यममा पोखरामा कोरोना संक्रमणको पुष्टि भएको भन्दै समाचार आएपनि हालसम्म भएको जाँचमा पोखरामा भाइरसको संक्रमण पुष्टि नभएको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
उनले हालसम्म पोखरामा १९ जनाको नमुना परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
‘विभिन्न मिडियामार्फत पोखराको केस पोजेटिभ निस्केको भन्ने कुरा आएको छ । तर, हालसम्म पोखराको कुनैपनि पोजेटिभ केस छैन’, उनले पत्रकार सम्मेलनमा भने, ‘यो अलिकति के हुने रैछ भन्दा अहिले हामीले प्रदेशमा विस्तार गर्यौं । प्रदेशमा मेसिनहरु गएको छ । त्यो मेसिनको भ्यालिडेसनको कुरा आउँछ । केही कुराहरु त्यहाँ प्रष्ट रुपमा गर्नुपर्ने हुन्छ । मतलब संख्याचाहिँ एथेष्ठ रुपमा गरेर, पोजेटिभ नेगेटिभको संख्या आएर अन्त पनि भेरिफाइ भयो भने यो सिस्टम ठीक छ भनेर हुने नर्मल फेनोमेना हो ।’
डा देवकोटाले अगाडि भने, ‘त्यहाँ परीक्षण भएर फेरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने यो दोहोरो भयो भन्ने कुरा पनि केहीले उठाउनु भएको छ । त्यसो हुँदैन, यो चाहिँ भ्यालिडेसन गर्ने क्रममा मेसिन र रिएजेन्टहरु मिलेर हेर्दा केही नमुनाहरुचाहिँ पुनः जाँच गर्नुपर्ने हुन्छ । त्यो भनेको चाहिँ हाम्रो नतिजाहरु कंक्रिट होस् भन्ने हो । यो सधैभरी गर्नु पर्दैन केही केही समयको लागि हुन्छ । त्यसैले कुनै केश संकास्पद भयो भने त्यहाँ पनि रिपिट हुन्छ, यहाँ पनि रिपिट हुन्छ । थप नमुना लिइन्छ होल प्रसोस भएपछि मात्रै हामीले नतिजा प्रकाशित गर्छौ । त्यो हिसावले आजसम्म पोखरामा पोजेटिभ नआएको स्थिति छ ।’
उनले शुक्रबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १२७७ नमुना परीक्षण सम्पन्न भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !