शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा भीषण आगलागी, करिब ४० घर जलेर नष्ट

शुक्रबार, २१ चैत २०७६, १७ : १६
शुक्रबार, २१ चैत २०७६

बुटवल । केहीबेर अघिदेखि कपिलवस्तुको गुगौलीको सिङ्खो गाउँमा भीषण आगलागी भएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्वर १ गुगौली गाउँमा लहरै रहेका फुसले छाएका घरहरुमा आगलागी हुँदा करिब ४० घर जलेर नष्ट भएको प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए ।

‘हामी भर्खरै आएर आगो निभाउन लागेका छौं’ नेपालले भने, ‘लहरै घरमा आगलागी भएको छ, ४० भन्दा बढि घरहरु जलेर नष्ट भएको अनुमान गरिएको छ, एकिन विवरण भने तयार पार्न सकिएको छैन् ।’ उनले थप भने, ‘अहिलेसम्म मानवीय क्षति भएको त पाइएको छैन तर अन्न र धनमालको प्रशस्त क्षति भएको छ ।’ घटनाको बाँकी विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप