खरानी बन्यो कपिलवस्तुको गुगौली गाउँ : ४९ घर–गोठ जलेर नष्ट, २ सय मानिस घरवार विहीन
बुटवल । कपिलवस्तुको गुगौलीमा बस्ने प्रायः सबै जना मजदुर छन् । दैनिक मजदुरी गरेर जिविका चलाउने त्यहाँका वासिन्दा ११ दिनदेखि मुलुक लकडाउनका कारण घरबाट बाहिर निस्केर ज्याल मजदुरी गर्न पाएका थिएनन् । जसले गर्दा कतिपयलाई छाक टार्न पनि मुस्कील पर्ने अवस्था थियो ।
करोना सक्रमणको सन्त्रास भन्दा अरु थिएन, उनीहरुमा । तर, त्यस गाउँमा शुक्रवार दिउँसो कोरोना भाइरसभन्दा ठूलो संकट निम्ताउने प्रकृतिको भाइरस बनेर आयो हावाहुरी । सबैका घर गोठमा भुसका छानाका थिए । विजयीनगर गाउँपालिका वडा नम्वर १ गुगौलीका काशिराम यादवको घरमा दिउँसो खाजा नास्ता बनाउने क्रममा आगो फुक्दा त्यहाँबाट सल्केको आगोले हावाहुरी चलेपछिले सिङ्खो गाउँ लपेट्यो ।
हेर्दाहेर्दै र गुहार माग्दा माग्दै गाउँ जलेर खरानी भयो । दमकल मगाउँदा मगाउँदै गाउँ जलेर नष्ट हुन थाल्यो । छिमेकीपालिका कृष्णनगर नगरपालिकाको दमकल बिग्रको थाह पाएपछि त्यस गाउँभदा ५० किलो मिटर दुरीमा पर्ने तौलिहवाबाट दमकल त मगाइयो । तर दमकल पुग्दा घर गोठ खरानी भइ सकेका थिए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सम्पर्क राख्दा प्रहरी प्रबक्ता डिएसपी सुनिल मल्लले टोली खटाई सकेको बताउँदै थिए । टोलीको नेतृत्व गरेर पुगेका प्रहरी निरीक्षक मधु नेपालसँग सम्पर्क राख्दा आफू भर्खर आइपुगेको र गाउँ पुरै जलेर नष्ट हुँदै गरेको बताउँदै उद्दार कार्यमा जुटेको जानकारी दिादै थिए ।
यो समाचार तयार पारुन्जेलसम्म नेपाल प्रहरी सशस्त्र प्रहरी, स्थानीयवासीले उद्दार कार्य जारी राखेको छन् । बालबालिकाहरु च्वाँचा र चुँच गर्दै रोइ रहेका छन् । तर बाबु आमाहरु उद्धार कार्य मै छन् । प्रहरी निरक्षक थापाका अनुसार अहिले साँझसम्म २५ वटा घर र गोठ सहित ४९ जलेर नष्ट भएको विवरण तयार पारिँदै छ ।
२५ घर परिवारका २ सय जनाभन्दा बढी मानिसहरु यति बेला खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् । प्रहरी निरक्षक नेपाल भने, ‘आजलाई जनप्रतिनिधीहरुले छिमेकीहरुका घरमा बाँडेर राख्ने भन्नु भएको छ । त्यस गाउँपालिकाले प्रारम्भिक राहत प्रति परिवार ५ हजारले दिने घोषणा गरेको छ । मानविय क्षति त हुन पाएन अन्य भौतिक क्षति भने करोडौं भएको छ तर एकिन विवरण तयार पार्दैछौं ।’
उनका अनुसार सारा जनप्रतिनिधीहरु क्षतिग्रस्त गाउँमै आएर उद्दार कार्यमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश
-
रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे
-
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आगामी सोमबार विश्वासको मत लिने
-
‘ईश्वर’ आगामी वर्षको मङ्सिरमा रिलिज हुने