शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भिरमा अड्किएकी महिलाको सकुशल उद्दार

शुक्रबार, २१ चैत २०७६, २० : ५७
शुक्रबार, २१ चैत २०७६

काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिका–७ अर्छुङ टाकुरे भिरमा अड्किएकी महिलाको सकुशल उद्दार गरिएको छ । 

इलाका प्रहरी चौकी वामीटक्सार गुल्मीमा महिला भिरमा अड्किएको जानकारी प्राप्त हुनासाथ नेपाली सेनाको वामी सुरक्षा पोष्ट र प्रहरी टोलीले उद्दार गरेको हो । 

भिरमा अड्किएकी महिलालाई जीवित उद्दार गरी स्वास्थ्य उपचार पश्चात  क्वारेन्टाईनमा राखिएको प्रहरीले जनाएको छ । 

भारतको झारखण्डस्थित मधुपूर घर बताउने ती महिला २ दिन पहिलादेखि सोही भीरमा अड्किएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप