सिकारी र वन रक्षकबीच गोली हानाहान
मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्मचारीबीच आज अपराह्न ३ः३० बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताए ।
जङ्गलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा वन रक्षक र सशस्त्र प्रहरीबलका प्रहरीबाट खोजी अभियान चलाउँदा चोरी शिकारी गर्ने समूहले प्रहरीतर्फ नौ राउण्ड गोली चलाएका थिए भने जवाफमा वन रक्षक र प्रहरीले सात राउण्ड गोली चलाइएको हो ।
घटनामा कोही घाइते नभएपनि दुई थान भरुवा बन्दुक, २०० ग्राम बारुद र छर्रा घटनास्थलबाट बरामद गरी तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–८ निवासी गन्मरबहादुर जोगी, सोही ठाउँका किसान कार्की र बुद्धशान्ति गाउँपालिका झापाका किरण धिमाल छन् ।
शिकारी २५ जनाको समूहमा रहेको र फरारको खोजी भइरहेको प्रमुख घिमिरेले जानकारी दिनुभयो । पक्राउ परेका शिकारीलाई वन कार्यालय मोरङको सलकपुरमा हिरासतमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा
-
सडक र टोलले सम्झिन्छ सहिद घिमिरेलाई
-
सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना