शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिल्ली सरकारद्वारा ३२८ राहत केन्द्र स्थापना

शुक्रबार, २१ चैत २०७६, २२ : ५३
शुक्रबार, २१ चैत २०७६

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ३२८ वटा राहत केन्द्र स्थापना गरिएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले ५७ हजार मानिसलाई पुग्नेगरी राहत केन्द्र स्थापना गरिएको शुक्रवार जानकारी दिए ।  

विद्युतीय माध्यममार्फत गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘दिल्ली सरकारले ५७ हजार मानिसलाई पुग्नेगरी ३२८ वटा राहत केन्द्र तयार पारेको छ ।’ उनका अनुसार लकडाउनका कारण अफ्टयारोमा परेकाको लागि ति राहत केन्द्रहरु स्थापना गरिएको हो ।

‘राहत केन्द्रमा जो सुकै पनि आएर बस्न सक्छन्, उनीहरूलाई हामीले हेरचाह गर्नेछौ’ उनले भने ।  नयाँ दिल्ली राज्यमा शुक्रवारसम्म ३८४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिदै उनले तिमध्ये ९१ जना पछिल्लो २४ घण्टामा थपिएको बताए । 

उनका अनुसार नयाँ दिल्लीमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको छ । देशभरी शुक्रवारसम्म दुई हजार ३०० भन्दा बढि सङ्क्रमित भएकोमा १५६ जना निको भएर घर फर्केका छन् । देशभरी कोरोना कारण मृत्यु हुनेको संख्या ५६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप