बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुग्यो (अपडेट)

शुक्रबार, २१ चैत २०७६, २३ : २४
शुक्रबार, २१ चैत २०७६

एजेन्सी । भारतमा कोराना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । शुक्रबार भारतका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मर्नेको संख्या ८० पुगेको हो । शुक्रबार महाराष्ट्रमा ६ जनाको मृत्यु भएको छ । योसहित महाराष्ट्रमा मर्नेको संख्या २६ पुगेको छ । त्यस्तै शुक्रबारनै आन्ध्र प्रदेशमा ५५ वर्षीय एक पुरुषको संक्रमणका कारण मृत्यु भएको जनाएको छ ।

आन्ध्र प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । त्यस्तै आजै गुजरातको गोधरामा ७८ वर्षीय एक व्यक्तिको मृत्यु भएको जनाइएको छ । योसहित गुजरातमा मर्नेको संख्या ९ पुगेको छ । संक्रमणबाट बिहीबार भारतमा १० जनाको मृत्यु भएको थियो । त्यस्तै भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ५४७ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप