मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारीबाट बच्न हामीहरुले अबलम्बन गर्नुपर्ने मोडेल : चेनिसा

शनिबार, २२ चैत २०७६, ०७ : १५
शनिबार, २२ चैत २०७६

आज विश्व नै कोरोना महामारीबाट आक्रान्त भैरहेको छ । दश लाख भन्दा बढी व्यक्तिहरु यस महामारीको चपेटामा परिसकेका छन् । चिकित्सा बिज्ञानले यसको समाधानको लागि कुनै अचुक उपाय निकाल्न सकेको छैन । यस्तो भयावह अवस्थामा हामीहरुले आफ्नो बानीव्यहोरामा परिवर्तन ल्याउन र आवश्यक तयारी गर्न सके पक्कै पनि यस प्रकोपबाट सुरक्षित हुने सम्भावना बढेर जान्छ । चेनिसा मोडेलले हामीहरुलाई यस महामारीबाट बच्न सक्ने उपाय सुझाउँछ ।

के हो ‘चेनिसा’ मोडेल?

यो ‘चेनिसा’ मोडेल हाम्रो जस्तो भुपरिव्यष्ठित  र अविकशित राष्ट्रका जनतालाई कोरोना महामारीबाट सुरक्षित राख्न अवलम्बन गर्नु पर्ने एउटा प्रभावकारी कार्यक्रम हो जसलाई लागु गर्ने/गराउने दायित्व राज्य र जनता दुबैको हुन्छ । चेनिसाको अबधारणा चे+नि+सा तीनवटा अक्षरहरु मिलेर बनेको हो । यसले राज्य र जनतालाई तिनवटा जिम्मेवारीहरुको बोध गराउछ । ‘चे’ ले चेतानामुलक कार्यक्रमको जिम्मेवारी बोध जसले  राज्य र जनतालाई आ-आफ्नो ठाउँबाट यो कुन प्रकृतिको रोग हो?, यो समयमा ध्यान दिनु पर्ने कुराहरु के के हुन् ? र यसबाट कसरि बच्न सकिन्छ? भन्ने जस्ता कुराहरु हरेक जनतासम्म पुर्याउने जिम्मेवारी सुम्पिन्छ, ‘नि’ ले नियमन र निर्माण गर्ने जिम्मेवारीको बोध अर्थात् यसले राज्यलाई ऐन कानुनद्वारा जनहितको लागि आवश्यक नियम बनाउने र हरेक व्यक्तिहरुलाई एक्यबधताद्वारा नियम पालना गरि अनुशासनमा बस्ने जिम्मेवारी बोध गरौछा साथै राज्य व्यवस्थाले यस्तो रोग लागेकाहरुको लागि आवश्यक पर्ने सबै किसिमका भौतिक बस्तुहरुको निर्माण गर्नुपर्ने जिम्मेवारीको बोध गराउछ  । ‘सा’ ले सामग्री जुटाउने जिम्मेवारीको बोध गराउछ जसले खास गरेर स्वास्थ्य र दैनिक उपभोग्य  सामग्रीलाई जोड दिन्छ । जस्तै; पि पि ई, द्रुत परीक्षण उपकरण, औषधी, मास्क अनि एउटा व्यक्तिलाई बचनको लागि नभई नहुने सामग्री । यदि हामीहरुले यस्तो असहज परिस्थितिमा यस कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्न सक्यौ भने साच्चैनै हाम्रो देशमा हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न सक्नेछौ ।

‘चेनिसा’ मोडेल किन त?

विश्वका अति बिकसित राष्ट्रहरु अत्तालिएको/हारिरहेको यस अबस्थामा हामी जस्तो अविकशित राष्ट्रले पक्कै पनि आफु सुरक्षित रहने कार्यक्रम लागु गर्नु बाहेक विकल्प छैन । विश्व स्वास्थ्य संगठनले १९१ रास्ट्रहरुको समग्र स्वास्थ्य प्रणालीलाई मापन गर्दा दोस्रो स्थानमा रहेको इटालीलाई यस भाइरसले झुकाइसकेको छ भने १५० औं स्थानमा रहेका हामी अनुमान पनि गर्न सक्दैनौ हाम्रो हालत के हुनेछ भनेर यदि यस संक्रमणले बिकराल रुप लियो भने । किनभने हामीहरु संग त्यति राम्रो प्रबिधि पनि छैन जसले हामीहरुलाई कोरोना बिरुद्ध लड्न मद्दत गरोस । हामीहरु धेरै जस्तो कुराहरुमा अरु माथि निर्भर छौ, विश्वमा कुनै एउटा घटना घट्दा हामीहरुले सयौ समस्याहरु खेप्न बाध्य छौ ।


मृत्यु अवस्यमभावी कुरा हो भन्ने जाँदा जाँदै पनि हामीहरु मर्नु अघि खुट्टा तानिरहेका छौ ? यस्तो अवस्थामा हामी सबै सजग र सचेत हुनु अति आवश्यक छ । राज्य व्यवस्था सबै जनताको अभिभावक भएको हैसियतले गर्दा यस सङ्क्रमणबाट आफ्ना जनताहरुलाई बचाउन यथासम्भव प्रयास गर्नु पर्छ चाहे त्यसको लागि कठोर भन्दा कठोर नियम बनाउन किन नपरोस र जनताले अनुशासित रुपमा त्यसको पालना गर्नु नै पर्ने हुन्छ ।


हामीहरुले भुल्न नहुने कुरा भनेको हाम्रो देश एउटा भुपरिबेस्ठित राष्ट्र हो, अहिले हामीहरुले हवाई उडानहरु र बोर्डरहरु पनि बन्द गरेका छौ । बिश्व नै यस संक्रमणमा रुमलिएको बेलामा भोलिको दिन कस्तो हुनेहो अझै निश्चितता छैन । विभिन्न बिकशित राष्ट्रहरुमा त आवश्यक श्रोत साधनको अभावमा कैयन डाक्टरहरुले आफ्नो ज्यान गुमाउनु परेको छ भने हामी त अविकसित राष्ट्र, यस प्रकोपबाट बच्नको लागि आवश्यक श्रोत साधन निर्माण गर्ने क्षमता पनि हामीहरु संग छैन । देशका कथित जनस्वास्थमा योगदान दिएको भन्दै कर छुट लिन हात अगाडी बढाउने निजि अस्पतालहरु, आज विपतको समयमा आफ्ना खुट्टा पछि तानिरहेका छन् । ज्याक माले खुलेर नेपाल लगायत २३ एशियाली राष्ट्रहरुलाई सहयोगको हात बढाउदा र धन सम्पत्ति केहि होइन भन्ने आवाज इटालीबाट गुन्जिदा पनि हाम्रो देशका कथित हुनेखाने बर्गहरु (अपवादको रुपमा बाहेक) अग्र पंक्तिमा आउन सकेका छैनन् । मृत्यु अवस्यमभावी कुरा हो भन्ने जाँदा जाँदै पनि हामीहरु मर्नु अघि खुट्टा तानिरहेका छौ ? यस्तो अवस्थामा हामी सबै सजग र सचेत हुनु अति आवश्यक छ । राज्य व्यवस्था सबै जनताको अभिभावक भएको हैसियतले गर्दा यस सङ्क्रमणबाट आफ्ना जनताहरुलाई बचाउन यथासम्भव प्रयास गर्नु पर्छ चाहे त्यसको लागि कठोर भन्दा कठोर नियम बनाउन किन नपरोस र जनताले अनुशासित रुपमा त्यसको पालना गर्नु नै पर्ने हुन्छ । जबसम्म यस रोगलाई निको पर्ने खोप अथवा औषधी उपचार पद्दतिको विकास हुदैन तबसम्म हामीहरु नियम र सचेतनाको माध्यमबाटआफु सुरक्षित रहनु र राज्य व्यबस्थाले आवश्यक पुर्वाधारको निर्माण र आवश्यक सामान/श्रोतको ब्यबस्थापन गर्नुको अलावा अन्य विकल्प छैन ।

कोरोना भाइरसले यसरि महामारीको रुप लिनु पछाडिको मुख्य कारण भनेको चेतना, नियम/निर्माण र सामाग्रीहरुको अभावले नै हो भन्ने कुरा हामीहरुले अहिलेको विश्वस्थितीबाट प्रस्ट बुझ्न सक्छौ । इटाली, स्पेन र अमेरिका जस्ता राष्ट्रहरुले समयमै आफु र आफ्नो जनतालाई सचेत गराउन नसक्नु. नियममा राख्न नसक्नु र आवश्यक सामग्रीको बारेमा पुर्व तयारी गर्न नसक्नु  नै अहिले भैरहेको बिकराल परिस्थितिको एउटा प्रमुख कारक तत्त्व हो । त्यसैले यि देशहरुबाट हाम्रो देश र हामीले पाठ सिक्दै जे जसरि हुन्छ यस देशका दूरदराजमा बस्ने बासिन्दाहरुलाई पनि विभिन्न किसिमका चेतनामुलक कार्यक्रमबाट सचेत गराउनु पर्दछ । हो हामीहरुले चेतनामुलक कार्यक्रमहरु टेलिभिजन, तेलिफोन, सामाजिक संजालको माध्यमबाट फैलाइरहेका छौ तर यसमा हामीहरुले सोच्नु पर्नेकुरा भनेको नेपालमा अझै पनि यस्ता थुप्रै बस्तीहरु छन् जुन टेलिभिजन, तेलिफोन, सामाजिक संजालको पहुँचबाट टाढा छन् । भौगोलिक र संस्कृतिक बिबिधतालाई मध्यन गर्दै यदि हामीहरुले (राज्य र जनता), जसले जहाबाट जति सक्छौ, चेतनामुलक कार्यक्रमको माध्यमबाट सबैलाई सचेत गराउन सक्यौ भने सायद हामीहरुले इटालीको जस्तो भयाबह स्थिती सामना गर्न पर्ने छैन ।

कोरोना भाइरस माथिका दृष्टिकोणहरु

विश्व स्वास्थ्य संघठन का अनुसार “कोरोनाभाइरस रोग (COVID-19) एक संक्रामक रोग हो जुन भर्खरै पत्ता लागेको कोरोनाभाइरसको कारणले गर्दा हुन्छ भनेको छ । जोन अर्थरले कोरोनाभाइरस महामारी एक परीक्षक हो। यसले चिकित्सा क्षमता र राजनीतिक इच्छाशक्तिको परीक्षण गर्दछ। यो धैर्यता र सहनशीलताको पनि परीक्षा हो, विश्वासीहरूको लागि धार्मिक विश्वासको परीक्षा हो भने यो एउटा परिक्षण पनि हो भनेका छन् । यसैगरी दार्शनिक इमानुएल कांटले कोरोनाभाइरसले हामीहरुलाई हाम्रो ब्यबहारलाई त्यस्तो दृष्टिकोणले हेर्न बाध्य तुल्याएको छ जुन हामी प्रयोग गर्दैनौं । यसले  हामीलाई हाम्रो व्यक्तिगत संरक्षण र चासोको सट्टा सामूहिक राम्रोमा कार्य गर्न प्रेरित गर्यो भनेका छन् । अर्का दार्शनिक स्वेन्जा फ्लास्प्लरका अनुशार "कोरोनाभाइरस स्थिर छ यसले हामीलाई सोच्नको लागि एउटा ठाउँ दिएको छ" रोक्नुहोस्, चिन्तन गर्नुहोस् र एक श्वास लिनुहोस्: उनले वर्तमान ठप्पको परिस्थितिमा प्रकाशको किरण देख्दछन्। उनीले यसलाई उपभोगको अन्तहीन चक्रलाई तोड्ने र समाजमा पुनर्विचार सुरू गर्ने अवसरको रूपमा देख्छिन् भनेका छन् ।

मेरो विचारमा यो कोरोना भाइरस एउटा अवसर पनि हो जसले हामीहरुलाई अनुशासित पनि बनाउन सक्छ । अल्बर्ट आइन्स्टाइनले भनेका थिए “हरेक संकटको बीचमा, ठूलो अवसर रहेको हुन्छ ।” हो यो संकटले पनि हाम्रो लागि हामीहरुले भुल्दै गएको हाम्रो जीवन शैली र दायित्व, मूल्य मान्यता र संस्कृति,  पारिवारिक र सामाजिक जीवन र प्राकृतिक जीवनलाई पुनर्विचार गर्दै अझ अनुशासित बन्ने अवशर प्रदान गर्न सक्छ ।

युनाईटेड स्टेट अमेरिका, स्पेन, इटाली र नेपालबाट भएको गल्ती

अहिले जति पनि यस महामारीबाट उच्च जोखिममा परेका राष्ट्रहरु छन् ति राष्ट्रहरुले आफ्नो नागरिकहरुलाई यस महामारीको बारेमा समयमै सचेत गराउन र नियम भित्र बाध्न सकेनन । यदि हामीहरुले इटाली, स्पेन र अमेरिकाको कुरा गर्ने हो भने;

स्पेन: स्पेनमा मार्च २ गते स्पानिस ला लिगा अन्तर्गत बिस्वका सर्वश्रेष्ठ क्लबहरु बार्सिलोना र रिअल म्याड्रिड बीच ८१०४४ सिट क्षमता भएको, स्पेनकै  दोश्रो ठुलो स्टेडियम, सान्टियागो बेर्नाबेउ स्टेडियममा  प्रर्तिस्पर्धा गराइएको थियो जसमा लाखौ मान्छेहरू प्रत्यक्ष्य सम्पर्कमा आएका थिए । यो लिग ११ मार्च २०२० सम्म संचालन भैरहेको थियो ।

इटाली: १९ फेब्रुअरी २०२० का दिन इटालीको बर्गामो शहरमा एटलान्टा र भ्यालेन्सियाको बिचमा फूटबल प्रतियोगिताको आयोजन गरिएको थियो । यो कार्यक्रम हेर्नको लागि करिब ५० किलोमीटर टाढा टाढाबाट लगभग ४०००० दर्शकहरु उपस्थित भएका थिए । यसका साथै विश्व कै एउटा महत्वपुर्ण फूटबल प्रतियोगिता ‘इटालियन सिरी ए’ को कुरा गर्ने हो भने पनि फेब्रुअरी २३ गते सम्म उनीहरुले यसका प्रतियोगिताहरु  संचालन गरिरहेका  थिए । 

युनाईटेड स्टेट अमेरिका: युनाईटेड स्टेट अमेरिकामा बास्केटबलको विश्व कै प्रतिष्ठित र सबै भन्दा ठुलो प्रतियोगिता त्यहाको राष्ट्रिय बास्केट संघ (एन बि ए)  ले संचालन गर्छ । उक्त प्रतियोगिताका प्रतिस्पर्धाहरु पनि मार्च १२ गते सम्म संचालन भैरहेका थिए । जब उनीहरुले प्रख्यात बास्केटबल खेलाडी रुडी गोबेर्ट कोरोनाबाट संक्रमित भएको कुरा थाहा पाए त्यसपछि मात्र उनीहरुले आफ्नो सबै प्रतिस्पर्धाहरु स्थगित गरेका थिए । 

नेपाल: हामीहरु पनि यो गल्तिबाट अछुतो रहन सकेनौ किनभने फेब्रुअरी १५ सम्म १५००० सिट क्षमता भएको दशरथ रंगशालामा नेपाल आर्मी र मछिन्द्र क्लवको बिचमा शहीद स्मारक ए डिभिजन लिगको अन्तिम प्रतिस्पर्धा गराइएको थियो भने मार्च १७ गते सम्म पनि शहीद स्मारक बी डिभिजन लीगका प्रतियोगिताहरु भैरहेका थिए ।


हामीहरुले अमेरिका, इटाली र स्पेनलाई अध्धयन गर्ने हो भने चेतना, नियम र सामग्रीको अभाव कै कारण यो भाइरस तिब्र रुपमा फैलिएको पाउन सक्छौ । अब यस प्रकोपबाट हामीहरु सुरक्षित रहने हो भने राज्य र जनता दुबै मिलेर ‘चेनिसा’ कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्नु पर्ने हुन्छ अन्यथा हामीहरुले इटाली, स्पेन र अमेरिका भन्दा पनि ठुलो मूल्य चुकाउनु नपर्ला भन्न सकिदैन ।


हामीहरु परिकल्पना गर्न सक्छौ प्रत्यक्ष्य र अप्रत्यक्ष्य रुपमा लाखौं व्यक्तिहरुलाई एकैपटक सम्पर्कमा ल्याउन सक्ने ति फूटबल र बास्केटबल प्रतियोगिताहरु आजको भयाबह स्तिथि सिर्जना गर्नमा कत्तिको जिम्मेवार छन भनेर । डिसेम्बर १०१९ मा फैलिसकेको कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिएर सचेत हुन/गराउन नसक्नु, सोही अनुरूप आवश्यक नियम बनाउन र पालना गराउन नसक्नु पनि यस महामारीको एउटा प्रमुख कारक तत्व हो ।  हो हामीहरुले बितेको कुरा केहि गरेर फर्काउन सक्दैन तर यसबाट राम्रो शिक्षा लिएर आउने दिनमा प्रयोग गर्न सक्छौ ।

समग्रमा हामीहरुले अमेरिका, इटाली र स्पेनलाई अध्धयन गर्ने हो भने चेतना, नियम र सामग्रीको अभाव कै कारण यो भाइरस तिब्र रुपमा फैलिएको पाउन सक्छौ । अब यस प्रकोपबाट हामीहरु सुरक्षित रहने हो भने राज्य र जनता दुबै मिलेर ‘चेनिसा’ कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्नु पर्ने हुन्छ अन्यथा हामीहरुले इटाली, स्पेन र अमेरिका भन्दा पनि ठुलो मूल्य चुकाउनु नपर्ला भन्न सकिदैन । हामी चाइनाको बाटोमा हिड्ने वा इटाली, स्पेन र अमेरिकाको बाटोमा हिड्ने त्यो हामी सबैको हाथमा छ । यदि हामीहरुसंग आवश्यक श्रोत साधनको उपलब्धता छ, हामीहरु सचेत भएर नियमको परिधि भित्र बाधिन सक्ने हो भने  पक्कै पनि कोरोना भाइरस यो परिधि छिचोलेर प्रवेश गर्न सक्ने छैन ।  समयमै सचेत बनौ, सुरक्षित रहौं ।

एम फिल अध्यनरत बिध्यार्थी (समाजशास्त्र )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश जंग कुँवर
रमेश जंग कुँवर
लेखकबाट थप