शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिग क्लबले खेलाडीको ३० प्रतिशत तलब कटौती गर्ने

शनिबार, २२ चैत २०७६, ०८ : १३
शनिबार, २२ चैत २०७६

कोरोना भाईरसको कारण क्लबलाई आर्थिक संकटबाट जोगाउन इङ्लिस प्रिमियर लिग क्लबहरुले खेलाडीको तलबमा ३० प्रतिशत कटौती गर्ने भएका छन् ।

प्रिमियर लिगका २० क्लबहरुको सुक्रबार अबेर सम्पन्न भिडियो कन्फ्रेन्स बैठकले यस्तो प्रस्ताव अगाडी सारेको हो । यसका लागि खेलाडी र क्लबबीच छलफल गरिने उल्लेख छ । बैठकले मे महिनामा लिग सुरु हुन नसक्ने भन्दै परिस्थिति सहज नबनेसम्म खेलाउन नसकिने जनाएको छ । लिग सुचारु गर्न सरकार र मेडिकल सर्भिस टोलीको सुझाव अनुसार निर्णय गरिने पनि बताईएको छ ।

प्रिमियर लिगमा अहिले लिभरपुल उपाधि नजिक छ । लिभरपुलले २९ खेलबाट ८२ अंक बनाएको छ । ३० बर्षपछि उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुललाई कोरोनाका कारण लिग रोकिँदा सबैभन्दा बढी चिन्ता छ । लिभरपुलले अब तीन खेल जितेमा उपाधि कब्जा गर्नेछ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलबाट ५७ अंक छ । लिग रोकिएमा लिभपुललाई च्याम्पियन बनाउनु पर्ने चर्चा समेत चलिरहेको छ ।

प्रिमियर लिगले कोरोनाविरुद्ध लड्न नेशनल हेल्थ सर्भिस, समुदाय र गरिव परिवारका लागि २० मिलियन पाउन्ड सहयोग गर्ने, इएफएल लिग र नेसन लिगका एक सय २५ मिलियन पाउन्ड सहयोग गर्ने निर्णय पनि गरेको छ । बैठकमा प्रिमियर लिगसँगै एफए, इएफएल र नेसनल लिगका पदाधिकारीको पनि सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप