शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शुक्रबारमात्रै कोरोनाबाट विश्वभर ५ हजार ९७३ जनाको मृत्यु

शनिबार, २२ चैत २०७६, ०९ : ३९
शनिबार, २२ चैत २०७६

कोरोना भाइरसको संक्रमणबाट झण्डै ६ हजार जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १३ सय २१ जनाको मृत्यु भएको छ भने । हालसम्म अमेरिकामा मृतकको संख्या ७ हजार ३९२ जना पुगेको छ । 
यस्तै बितेको २४ घण्टामा इटालीमा ७६६, स्पेनमा ८५०, जर्मनीमा १६८, फा्रन्समा ११ सय २०, इरानमा १३४, युकेमा ६८४, नेदरल्याण्डमा १६८ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । भाइरसबाट शनिबार बिहानसम्म ५९ हजार १६० जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप