बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेक्सपछि यसरी ‘भर्जिन’ बनिरहेका छन् युवती

सोमबार, ०५ असार २०७४, १४ : ४८
सोमबार, ०५ असार २०७४

सेहम हसैनी/ बीबीसी

ट्युनिशियामा विवाह नभएका सबै युवती ‘भर्जिन’ भएको  आशा गरिन्छ । यसै कारण यहाँ भर्जिनिटीलाई पुनः हाँसिल गर्नका लागि ‘हाइमन’ लगाउने कारोबार निकै फस्टाउँदो छ ।

यास्मिन (परिवर्तित नाम) निकै डराएकी छिन् । उनी आफ्नो नङ लगातार टोकिरहेकी छिन् र लगातार मोबाइल हेरिरहेकी छिन् ।

उनले भनिन्, ‘म यसलाई धोका मान्छु त्यसकारण निकै दुःखी छु ।’ ट्युनिशियाका एक प्राइभेट क्लिनिकमा हामी चौथो तल्लामा छौं । यहाँ महिलाको समस्यासँग जोर्डिका डाक्टर छन् । गुलाबी रङको वेटिङ रुममा महिला निकै धैर्यताका साथ प्रतिक्षा गरिरहेका छन् ।

यास्मिनले नक्कली हाइमन लगाएको जानकारी दिइन् । एक सानो मेडिकल प्रक्रियामार्फत महिलाको गोप्य अंगमा हाइमन जुन एक प्रकारको झिल्ली जस्तो हुन्छ त्यसलाई जोड्ने गर्दछ । हाइमनलाई पुनः जोड्दा भर्जिनिटीलाई फिर्ता ल्याएको भन्ने गरिन्छ ।

समाजशास्त्री सामिया एलुमीले भने, ‘हामी आधुनिक समाजमा बसिरहेको दाबी गर्छौं तर यो आधुनिकता महिलाहरुको यौन सम्बन्धसँग जोडिएको छैन ।’ यास्मिनको दुई महिनापछि विवाह हुँदैछ ।

२८ वर्षीया यास्मिनलाई आफू भर्जिन नभएकोमा चिन्ता छ । भविष्यमा उनी भर्जिन नभएको कुरा थाहा हुनसक्ने भन्दै उनी तनावमा छिन् ।

उनले भनिन्, ‘एक दिन गल्तीपूर्वक कुराकानीको क्रममा मैले यसको पर्दाफास नगरुँ वा मेरा श्रीमानलाई यसबारे शंका नहोस् ।’

‘यति दबाब होला भनेर सोच्न पनि सक्दिनथें’

पुरुषले भर्जिन नभएको शंका गरेर श्रीमतीसँग विवाहलगत्तै सम्बन्धविच्छेद गरेका घटना यहाँसार्वजनिक भएका छन्।

यास्मिनको जन्म एक उदार परिवारमा भएको थियो ।

उनी थुप्रै वर्षसम्म विदेशमा पनि बसिन् । उनलाई डर छ कि उनका अतितका यौन सम्बन्धबारे भविष्यका श्रीमानलाई शंका लाग्यो भने विवाह टुट्नेछ ।

यास्मिनले भनिन्, ‘मेरो एक पुरुषसँग सम्बन्ध थियो । त्यतिबेला मैले कल्पना पनि गरेको थिइनँ कि भर्जिनिटीको विषयमा हाम्रो समाजमा कति दबाब हुने गर्दछ र त्यसको के नतिजा हुनसक्ला । यस्तो अवस्थामा म निकै डराएकी छु । यदि मैले आफ्नो सम्बन्धबारे भविष्यका श्रीमानलाई भनें भने निश्चय नै मेरो विवाह टुट्नेछ ।’

पुनः हाइमन लगाउन आधा घण्टाको समय लाग्छ र यसका लागि यास्मिनले लगभग ४ सय डलर तिरेकी छिन् । यसका लागि उनले थुप्रै महिनादेखि पैसा बचाएर राखेकी थिइन् ।

यास्मिनलाई पुनः भर्जिन बनाउने प्रक्रिया एक गाइनाकोलोजिस्टले पूरा गर्नेछन् । डा. रशिद एक हप्तामा दुईवटा यस्तो शल्यक्रिया गर्दछन् ।

डा. रशिदका अनुसार जसले पुनः हाइमन राख्न आउँछन् तीमध्ये ९९ प्रतिशत त्यस्ता महिला हुन्छन् जो आफ्नो परिवार र आफन्तको इज्जत जाने कुरामा डराएका हुन्छन् ।

यद्यपी, हाइमन टुट्टे कारण सेक्समात्र हुँदैन तर पनि महिलालाई गलत तरिकाले अपराधी ठहराइन्छ र उनीहरुमाथि विवाह पूर्व सेक्सको आरोप लगाइन्छ ।

डाक्टरले भने, ‘गाइनाकोलोजिस्टले हाइमनलाई पुनः राखिदिने गर्दछन् । यो कुनै अपवाद होइन । यहाँ कुनै पनि डाक्टरले यसो गर्दैनन् । म नीजि रुपमा यस्तो गर्छु किनभने म ती मानिससँग सहमत छैन जसले भर्जिनिटीलाई पवित्र मान्छन् । यो सबै पुरुष प्रभुत्व हो र म यी सबै विरुद्ध युद्ध जारी राख्नेछु ।’

भर्जिन छैन भने सम्बन्धविच्छेद दिन सक्छन्ः

उत्तरी अफ्रिकामा ट्यूनिशिया महिलालाई अधिकार सम्पन्न गराएकोमा चर्चित छ तर धर्म र परम्पराका कारण यहाँ महिलालाई विवाह अघिसम्म भर्जिन रहन बाध्य बनाइन्छ ।

ट्युनिशियाको सम्बन्धविच्छेदमा यो पनि प्रावधान छ कि यदि श्रीमानलाई श्रीमती भर्जिन छैन भन्ने थाहा भए उनले सम्बन्धविच्छेद दिन सक्छन् ।

समाजशास्त्री सामिया एलुमीले भनिन्, ‘ट्युनिशिया समाज एक खुल्ला समाज हो तर हामी पाखण्डी भइरहेका छौं । यहाँ सामाजिक रुढिवादी निकै प्रबल रुपमा छ र हामी यसलाई आधुनिक समाजमा सही मान्न सक्दैनौं । महिलाको कामूकता र उनीहरुको स्वतन्त्रताको मामलामा आधुनिकता अहिले पनि कोसौं टाढा छ ।’

एक सरकारी युनिभर्सिटीमा मेरो भेट इशेनसँग भयो । २९ वर्षीय इशेनको विवाह पछिल्लो वर्ष भएको थियो । मैले उनलाई के उनका साथी भर्जिनिटीको ख्याल राख्छन् भनेर प्रश्न सोघ्दा उनले भने, ‘यो हाम्रो लागि निकै महत्वपूर्ण छ ।’

इशेनले भने, ‘यदि मलाई विवाह पछि मेरी श्रीमती भर्जिन छैन भन्ने थाहा भए म उनलाई पुनः विश्वास गर्न सक्दिनँ । म यसलाई धोकाको रुपमा हेर्नेछु । म नक्कली हाइमनमा विश्वास गर्दिनँ । मलाई लाग्छ कि यसले काम गर्दैन ।’

इशेनको नजिकै बसेका एक विद्यार्थीले ट्युनिशियाली परम्परामा महिलाले प्रताडना झेल्नुपरेको बताए ।

उनका लागि यो पूर्ण रुपमा पाखण्ड हो । उनले भने, ‘यदि पुरुषले विवाह पूर्व यौनसम्बन्ध राख्न सक्छ भने महिला भने किन यसबाट बञ्चित हुनुपर्ने ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप