केन्द्रीय संस्करण

मनकारी नेयमार

person explore access_timeचैत २२, २०७६ chat_bubble_outline0

ब्राजिलियन सुपरस्टार नेयमारले कोरोना भाईरसविरुद्ध लड्न  सात लाख ५० हजार पाउन्ड आर्थिक सहयोग गरेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी का नेयमारले युनिसेफ र सोलिडारिटी फन्डमार्फत कोरोनाविरुद्ध लड्न उक्त सहयोग गरेका हुन् । 

उनले यस रकम कोरोनाको संक्रमणबाट पिडित र आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गरिनेछ । कोरोनाका कारण फ्रेन्च लिग स्थगित भएपछि नेयमार अहिले ब्राजीलमा घरमै बसेका छन् । 

कोरोभाविरुद्ध लड्नका लागि यसअघि विश्व फुटबलका हस्तीहरु लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे, रोबर्ट लेवान्डोस्की, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओला, लनटेनिस स्टारहरु नोभाक जोकोभिज, राफेल नाडाल, रोजर फेडेरर लगायत खेलाडीहरुले आआफ्नो क्षेत्रमा ठूलो मात्रामा आर्थिक सहयोग गरेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.