कोरोना सङ्क्रमणबाट कोरियामा पनि डाक्टरको मृत्यु
सिउल । कोरोना भाइरसबाट सङ्क्रमित एक कोरियन चिकित्सकको शुक्रबार मृत्यु भएको छ । उनी कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत थिए । आफूमा कोरोना सङ्क्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेसनल युनिभर्सिटी अस्पताल थेगुमा उपचार गराइरहेका थिए । उनलाई आफ्नो मेडिकलमा आएका सङ्क्रमितबाटै जाँच गर्ने क्रममा सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।
कोरियामा कोरनाका कारण शुक्रबारसम्म उनीसँगै मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ भने हालसम्म सङ्क्रमितको सङ्ख्या १० हजार ६२ पुगेको छ । दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणमा आइरहेको खबर सार्वजनिक भइरहेका बेला चिकित्सकको मृत्युले सिङ्गो मेडिकल क्षेत्रले शोक मनाइरहेको उनका सहकर्मीले जनाएका छन् ।
उनीहरूले भनेका छन्, ‘हामी हाम्रो सहकर्मीको उच्च सम्मान गर्दै कोरोनासँग डटेर लड्नेछौँ । कोरोना सङ्क्रमित प्रत्येक बिरामी उपचारपश्चात् सकुसल अस्पतालको ढोकाबाट मुस्कुराउँदै बिदा नभएसम्म हामी निरन्तर खट्ने छौँ ।’ कोरियामा कोरोना सङ्क्रमणका कारण चिकित्सकको मृत्यु भएको यो पहिलो घटना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने
-
सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पूरा