कोरोना पीडितलाई खाद्यान्न सहयोग गर्दै ब्राजिलका पूर्वकप्तान डुंगा
च्याम्पियनहरु कठिन समयमा लुक्दैनन् । जब कठिन समय आउँछ, उनीहरु एक दम अगाडि बढ्छन् । कोरोना भाइरसको महामारीका कारण विश्वमा सन्नाटा छाएको छ र एकपछि अर्को गर्दै मानिसहरु यस रोगको नियन्त्रणका लागि सहयोग गर्न अघि सरेका छन् । ब्राजिलका पूर्व खेलाडी तथा प्रशिक्षक डुंगा पनि यो सूचीमा छन् ।
१९९४ का विश्व विजेता कप्तान डुंगाले विपन्नको सहयोगका लागि आफ्नो सक्रियतामा झन्डै १० टन खाद्यान्न र २ सय डाइपर खरिद गरेका छन् । रियो ग्रान्डे डु सुल राज्यमा गरिएका विभिन्न च्यारिटीबाट यो रकम संकलन गरिएको हो ।
‘अहिले हामीमध्ये धेरै चुनौती सामना गर्न बाध्य छैनांै र हामी त्यस्तो काम गर्नेछांै, जुन हामीले गर्नसक्छौं भनेर सोचेका थिएनौं । अब जीवनले हामीलाई सहयोगी, मानवीय र अरुका लागि राम्रो गर्न चुनौती दिइरहेको छ । म तपाईहरुलाई चुनौती दिएको थिएँ, हामीले १० हजार किलो खाद्यान्न जम्मा गरिसकेका छांै र यस लडाँइ निरन्तर गर्नेछौं । यहाँ खेर फाल्ने समय छैन,’ डुंगाले आफ्नो इस्न्टाग्राम भिडियोमा भनेका
छन् ।
दक्षिण अफ्रिकामा कोभीड १९ ले सर्वाधिक असर गरेका देशमध्ये ब्राजिल एक हो । शुक्रबारसम्म यहाँ, ९ हजार जना संक्रमित भए, ३ सय ५९ जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी