बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्मार्ट डोकोले सुरु गर्यो किराना र आवश्यक वस्तु डेलिभरी, सेलपेमार्फत कारोबार गर्दा १० पिस मास्क सित्तैमा

शनिबार, २२ चैत २०७६, १८ : ०८
शनिबार, २२ चैत २०७६

काठमाडौं– स्मार्ट डोको अनलाइन शपिङ्ग मेगा स्टोरले ग्राहकहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु गरेको छ ।

सरकारले विश्वव्यापी स्वास्थ्य संकटको घडीमा घरमै सेल्फ् आइसोलेसनमा बस्न निर्देशन दिएको छ र सर्वसाधारणलाई दैनिक उपभोग गर्ने अत्यवश्यक वस्तुहरु खरिद गर्न पनि असहज भएको छ । 

किराना सामान, बच्चाको सामान, ह्युमिडिफायरहरू, एयर प्यूरिफायरहरू र अन्य आवश्यक वस्तुहरू स्मार्टडोकोबाट सजिलैसँग अर्डर गर्न सक्नेछन् । हाल डिलिभरी काठमाडौं उपत्यकाभित्र मात्र रहेको स्मार्ट डोकोले जनाएको छ ।

दैनिक उपभोग्य वस्तुहरूको आवश्यकतालाई ध्यानमा राख्दै स्मार्टडोकोले “आवश्यक वस्तुहरूबाहेक अरू कुनै पनि सामान बिक्रि वितरण नगर्ने पनि जनाएको छ । ग्राहकहरूले अफ्नो कम्प्युटर वा ल्यापटप मार्फत धधध।कmबचतमयपय।अयmमा लगइन गरी अर्डर बमोजिम होम डेलिभरीको सुविधा पाउन सक्न्छन् ।

स्मार्ट डोको डेलिभरीमा नगद र कार्ड बाहेक सेलपे र ई–सेवामार्फत कारोबार गर्न मिल्नेछ । स्मार्ट डोकोबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्पमार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी गरेमा १० थान मास्क निःशुल्क पाउँनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप