बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा गाई फर्ममा आगलागी

शनिबार, २२ चैत २०७६, १८ : ३६
शनिबार, २२ चैत २०७६

रौतहट । रौतहटको  चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित काशी गाई फर्ममा शनिबार बिहान आगलागी हुँदा लाखौंको क्षति भएको छ ।  विद्युत् सर्ट भएर गाई फर्ममा आगलागी भएको फर्मका सञ्चालक नवराज उप्रेतीले बताए । 

आगलागीबाट एउटा घर पूरै जलेको र घरभित्र रहेको खाद्यान्न समानहरु जलेर ९ लाख भन्दा बढीको क्षति भएको सञ्चालक उप्रेतीले बताए।  आगलागीको समय फर्ममा रहेका चारवटै गाईलाई  जोगाउन सफल भएको उप्रेतीको भनाई छ । चन्द्रपुर नगरपालिकाको बारुणयन्त्र दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइइएको थियो। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप