बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा यात्रु बोक्ने एम्बुलेन्स नियन्त्रणमा

शनिबार, २२ चैत २०७६, १८ : ४५
शनिबार, २२ चैत २०७६

रौतहट । लकडाउनको अवधिमा बढी पैसा कमाउने उदेश्यले बिरामी छाडेर यात्रु बोकेका ३ वटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रपुरमा यात्रुु बोकेको अवस्थामा ती एम्बुृलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा रहेकामध्ये २ वटा नीजि र एउटा रेडक्रस सोसाइटी सर्लाही उपशाखा हिरापुरको रहेको बताइएको छ । काठमाडौंबाट यात्रुुसहित हरिऔन आउँदै गरेको ज १ च १३४४, सर्लाहीको बरथहवाबाट यात्रु लिएर वीरगन्ज हिँडेको ना १ च ९१९६, सर्लाहीको नवलपुरबाट वीरगञ्ज जाँदै गरेको ना २ च ९९७७ नम्बरको एम्बुलेन्स र चालक समेतलाई नियन्त्रणमा लिएको डिएसपी हेमशहादुर शाहीले जानकारी दिए ।

अन्य दिनको तूलनामा राजमार्गमा एम्बुलेन्स बढी चलेको देखेपछि प्रहरीले चेकजाँचलाई कडा पारेको छ ।रौतहटमा कुनै पनि बिरामीलाई अस्पताल लैजानुपरे एम्बुलेन्स चालकले प्रहरीलाई अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था रहेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खडकाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप