एकै दिन तीन जनामा कोरोना भेटिएपछि काँग्रेसले भन्यो : अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने ?
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारलाई कोरोना भाइरस (कोभिड–१९( संक्रमण परीक्षणको व्यापकता बढाउन सरकारसँग माग गरेको छ । शनिबार मात्र तीन जनामा कोरोना संक्रमण भेटिएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।
अहिलेसम्म विदेशबाट फर्किएकामा मात्रै कोरोना संक्रमण देखिएकोमा शनिबार नेपालमै रहेकी कैलालीकी महिलामा देखिएपछि यसलाई तत्काल गम्भीरतापूर्वक लिएर परीक्षणको ब्यापकता बढाउन शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
काँग्रेसको सुचना,सञ्चार तथा प्रचार विभाग प्रमुख समते रहेका उनले भने, ‘यसअघि संक्रमण देखिएका ६ जना सबै विदेशबाट आएका नेपाली थिए। तर सातौंमा संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेका छौं ।’
सरकारले सतर्कता नपुर्याएका कारण महिला संक्रमित बनेको आरोप काँग्रेसको आरोप छ। समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए यस्तो अवस्था नआउने काँग्रेसको ठहर छ ।
प्रवक्ता शर्माले यसअघि संक्रमण देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएकाहरुको परिक्षण तत्काल गर्न सरकारलाई सुझाए ।
बाहिरबाट आएका सबै नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्ने र सबै स्थानीय तह र स्थानीय प्रशासन मार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिन पनि सरकारलाई आग्रह गरेका छन्।
अब सरकारले सबै खाले ढिलासुस्ती र अकर्मण्यतालाई आहुती दिएर सतर्कता, परिक्षण र उपचार बढाउने काम युद्धस्तरमा गर्नु पर्ने शर्माले उल्लेख गरेका छन्।
‘अब रत्तिभर हेलचेर्क्यांईको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट, जसको परिणाम भयावह हुन सक्छ। समयको गम्भीरता अनुरुप सरकारले गति बढाओस्,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा