बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरस संक्रमितको उपचारमा तयार मेडिसिटी अस्पताल, सँगसँगै चिकित्सकको जागरण अभियान

शनिबार, २२ चैत २०७६, १९ : ५१
शनिबार, २२ चैत २०७६

ललितपुर– नेपाल मेडिसिटी अस्पतालले कोरोनाभाइरस(कोभिड–१९) संक्रमित विरामीको उपचारका लागि तयार रहेको जनाएको छ ।

अहिलेसम्म संचालनमा नआएको अस्पतालको आठौं तल्लालाई कोभिड–१९ संक्रमित विरामीको उपचारका लागि तयार गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिल शर्मा ढकालले बताए । तत्कालका लागि १५ बेडको आइसोलेसन र ७ वटा आइसीयू कक्ष निर्माण गरिएको डा. शर्माले बताए । आवश्यकताअनुसार बेड थप्दै लैजाने पनि उनले बताए ।

अस्पतालले संक्रमित विरामी, अस्पताल चिकित्सक, नर्स, कर्मचारी आवतजावतको लागि भिन्दै बाटो बनाएको छ । भने, संक्रमित विरामीको उपचारमा खटिने डाक्टर, नर्स तथा कर्मचारीले अन्य विरामी हेर्न पाउने छैनन् । 

साथै संक्रमित विरामीको उपचार गर्ने डाक्टर, नर्सहरुले लगातार सात दिन विरामीको उपचार गर्नेछन्, लगत्तै सात दिन अस्पतालले व्यवस्था गरेको क्वारेन्टाइनमा बसेपछि मात्र घर जाने पाउनेछन् । सात दिनको घरको बसाईपश्चात पुनः अस्पतालमा विरामी उपचारका लागि खटिने गरी तयारी गरिएको डा. शर्माले बताए ।

मेडिसिटीसँग विरामीको उपचारका लागि प्रसस्त ठाउँ भएको र चिकित्सकको टोली पनि प्रसस्त रहेकाले संक्रमित विरामीको उपचारमा कुनै कमि हुन नदिने डा. शर्माले बताए ।

मेडिसिटी अस्पतालले आफैले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) निर्माण गर्न पनि थालेको छ । 

त्यसैगरी, विश्व महामारीको रुप लिएको कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि जागरण अभियान पनि संचालन गर्दै आइरहेको छ ।

मेडिसिटीले महामारी नियन्त्रणका लागि भिडियोमार्फत सन्देशमुलक गीत निर्माण गरी प्रसारण गर्दै आएको छ भने अस्पतालका वरिष्ठ डाक्टर तथा नर्सहरुद्वारा भाइरसबाट कसरी जोगिनेबारे विभिन्न भाषामा चेतनामूलक सन्देश प्रसारण गरीरहेको छ ।

अस्पतालले आफ्नो फेसबुक पेज र अस्पतालको साइटबाट डाक्टरहरुको सल्लाह, सुझाव र जिज्ञासाको जवाफ प्रत्यक्ष रुपमा दिँदै आएको छ । यदि तपाईलाई केही समस्या वा जिज्ञासा भएमा मेडिसिटीको फेसबुक लाइभमार्फत डाक्टरसँग प्रत्यक्ष सम्पर्क गरी जिज्ञासा राख्न सक्नुहुनेछ । फेसबुक लाइभ एक दिनको फरकमा बिहान १० बजे सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप