केन्द्रीय संस्करण

किमाथांका नाका बन्दपछि भोटखोलामा खाद्यान्न संकट

person explore access_timeचैत २२, २०७६ chat_bubble_outline0
file photo

सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न संकट भएको छ । कोरोना भाइरसको महामारी फैलिएपछि साढे दुई महिनादेखि चीनले किमाथांका नाका बन्द गरेको छ ।  नाका बन्दपछि दुर्गम उत्तरी क्षेत्र गाउँपालिकामा खाद्यान्न संकट भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए । 

कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै चीनले किमाथांका नाका प्रवेश गर्ने चीनका देन्दाङ र चाँगा बजार प्रवेश गर्न नाका बन्द गरेपछि भोटखोलाको १ र २ नम्बर वडामा खाद्य संकट सिर्जना भएको गाउँपालिका अध्यक्ष भोटेले बताए । किमाथांका सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्छ । भौगोलिक रुपमा निकै विकट  भोटखोलामा सञ्चार र यातायात साधनको पहुँच पुगेको छैन । कोरोना भाइरस संक्रमण फैलिन नदिन चीनले गत माघ ५ गतेदेखि किमाथांका नाका बन्द गरेको थियो । 

चीनको सिमानामा पर्ने वडा नम्बर १ र २ का रिदाक, थुदाम, छुमसुरलगायत स्थानमा खाद्यान्न संकटको अवस्था सिर्जना भएको अध्यक्ष भोटेले बताए । वडा नम्बर १ र २ का २१४ घरपरिवारलाई खाद्यान्न संकट देखिएको अध्यक्ष भोटेको भनाइ छ । खाद्यान्न संकट टार्न गाउँपालिकाले सदरमुकाम खाँदबारीबाट ढुवानी गरिरहेको अध्यक्ष भोटेले बताए । 

गाउँपालिका अध्यक्ष भोटेले भने, ‘हामीले ढुवानी गरेको राहत सामग्री केही दिनभित्र वितरण गर्छौँ ।’  उनका अनुसार खाद्यान्न संकट टार्न प्रतिघर दुई बोरा चामल, पाँच किलोग्राम नुन र  चार लिटर तेल प्रदान गरिने छ । किमाथांका लगिने खाद्यान्न सदरमुकाम खाँदबारीकै दरमा खरीद गर्न सकिने अध्यक्ष भोटेले जानकाी दिए । 

भोटखोलाको किमाथांका उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ कोदो, मकै र आलुबाहेक खाद्यान्न उत्पादन हुँदैन । उत्पादन भएका खाद्य वस्तुले दुईचार महिना मात्र पुग्छ । उत्तरी क्षेत्र भोटखोलाका नागरिक चीनको चाँगा,देन्दाङ बजारमा आश्रित छन् ।                

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.