शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘लकडाउन’ले मजदूर समस्यामा

शनिबार, २२ चैत २०७६, १९ : ५२
शनिबार, २२ चैत २०७६

पोखरी चैनपुर सडक खण्डलगायत जिल्लाका विभिन्न विकास निर्माणको आयोजनामा काम गर्ने मजदूर देश ‘लकडाउन’ भएसँगै रोजीरोटीको समस्यामा परेका छन् । 

चैनपुर पोखरी सडकखण्डमा कालोपत्र गर्ने मजदूर लकडाउनपछिको समयमा घरपरिवार सम्झँदै असहज जीवन बिताइरहेका छन् । 

पर्सा, कैलाली, रौतहटलगायतका जिल्लाबाट सडक निर्माण गर्न चैनपुर आइपुगेका सुपरभाइजर, फिल्ड इञ्चार्ज, लोडर, ग्रेडर अपरेटर, ड्राइभरलगायत श्रमिक लकडाउनपछि न त घर नै जान पाएका छन् न त बसाइमा उनीहरुको सहजता छ । 

सो आयोजना कालोपत्र गर्ने क्रममा ३० जनाभन्दा बढी मजदूरहर लकडाउनमा परेपछि ग्यास, तरकारी र अन्य खाद्यवस्तुको अभाव शुरु भएको मजदूरले गुनासो पोख्छन् । 

पोखरी चैनपुर सडक कालोपत्र गर्ने कार्य तीव्रगतिमा सञ्चालन भइरहेको यो सडक खण्डमा डिविएसटी (डबलकोट वीट्वीन सर्फेस ट्रयाक) गर्न शुरु भइसकेका थियो । 

चैनपुरको जिरो प्वाइन्टबाट पोखरीको दाहालडाँडासम्म आठ किलोमिटर लम्बाइ रहेको यो सडक स्थानीय चैनपुर नगरपालिका सरकारको रु पाँच करोड ५९ लाख बजेटबाट कालोपत्र गर्न शुरु गरेको थियो । 

अस्पताललाइ उपकरण 

अरुण तेस्रो आयोजनाको निर्माण कम्पनी एसजेभिएन कम्पनीले जिल्ला अस्पताल खाँदबारीलाई रु एक करोड पाँच लाख मूल्य बराबरको सामान हस्तान्तरण गरेको छ । 

गत मङ्गलबार खाँदबारी जिल्ला अस्पताललाई भेन्टिलेटर मेसिनसहितको उपकरण निःशुल्क दिइएको हो । खाँदबारी अस्पतालाई भेन्टिलेटर दुई थान, डिलक्स बिरामी श्यया सात थान, सघन उपचार कक्ष श्यया तीन थान, सक्सन मेसिन तीन थानलगायतका उपकरण एसजेभिएनका सिइओ अरुन धिमानले अस्पताललाई हस्तान्तरण गरेका थिए ।। 

बजार मूल्यमा रु ३४ लाख मूल्य पर्ने दुई वटा भेन्टिलेटर निःशुल्क खाँदबारी अस्पताललाई दिए पनि दक्ष जनशक्तिको अभावमा भेन्टिलेटरसमेत प्रयोगविहीन अवस्थामा अस्पतालको कोठामा थन्किएका छन् । 

जिल्ला अस्पताल खाँदबारीलाई एसजेभिएनले कम्पनीले रु १८ लाख २४ हजारको विभिन्न मेसिन तथा उपकरण खरिद गर्ने जिम्मा दिएसँगै अस्पताल व्यवस्थापन समितिले सामानसमेत खरिद गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । 

जिल्ला अस्पताललाई रु ८६ लाख ३४ हजार मूल्यको विभिन्न उपकरण तथा औजार निःशुल्क हस्तान्तरण गरेकोसमेत जिल्ला अस्पताल खाँदबारीले जनाएको छ । 

अन्य उपकरण तथा औजार प्राइभेट स्वास्थ्य संस्थाका रुपमा चिनिने खाँदबारी नगरपालिकाकै तुम्लिङ्टारमा रहेको मनकामना पोलिक्लिनिकलाई समेत दिइएको छ । 
 

खाँदबारी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति सङ्वासभाका संयोजक सुमन शाक्यले यो विषम परिस्थितिमा आवश्यक उपकरण उपलब्ध गराइ सहयोग पु¥याएकामा कम्पनीलाई धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप