घरबेटी बालाई अनुरोध
-डा. अच्युतशाली घिमिरे
कोरोना
मात्र सूक्ष्म जीवाणु हो
जसका कारण यहाँ
हजारौँ मरिरहेछन्
लाखौँ सङ्क्रमित छन्
करोडाँै त्रासमा बाचिरहेछन्
विश्व नै अस्तव्यस्त छ,
पुँजीवाद
अस्ताइरहेछ
आणविक हतियारले होइन
जीवाणुको हतियारले
विश्व पछुताइरहेछ
तर एउटा श्रमिक डेरावाललाई
कसरी यो महिनाको
भाडा तिर्ने भन्ने पीरले सताइरहेछ !
ए घरबेटी बा !
आपतविपतको बेला
ढुङ्गा त रसाएको हुन्छ
तपाईंको मन त
साह्रै कमलो छ
जो आदर्श देख्छ
विश्वास श्रद्धा र
भक्तिमा अडेको छ
त्यसैले त एउटै
आह्वान छ
एक महिनाको भाडा
मिनाहा गरिदिनुस
जो
श्रममा बाचेका छन्
जो आफ्नै हातले उमार्दछन्
गोड्दछन्
फलाउँछन् र खान्छन् !
ती र त्यस्ता महान
व्यक्तिहरु
जसले पृथ्वी
कोर्नु बाट्नु सिँगार्नु
आफ्नो कर्तव्य ठान्छन्
यी श्रमिकहरुको
मन रित्तो रित्तो
बनाएर कसरी
आफ्नो ढुकुटी भर्न
सक्नुहुन्छ र ? घरबेटी बा !
तपाईं एउटा
घरबेटी होइन
साथी भएर सम्झिनुस्
कामबाट फुर्सत मिलेपछि
सँगै पिँढीमा बसेर
टीकाटिप्पणी र
गफिने मान्छे
पो हो त डेरावाल
तपाईं
छोराकोमा बस्न
अमेरिका जाँदा
महिनौँ
सुरक्षित तवरले
घर कुरिदिने मान्छे पो
हो त डेरावाल
आफू गाउँ जाँदा
मीठो मसिनो
घिउ मह
कोसेलीमा ल्याउँदा
हजुरलाई नखुवाई
आफू नचाख्ने
मान्छे पो हो त
डेरावाल
घरको मिटर बिग्रिँदा
पानीको कल बिगिँ्रदा
तिहारमा झिलिमिली
पार्नु पर्दा
सम्झिनुस् त
तपाईंको साथीको थियो ?
उही त हो नि डेरावाल
अझ
तपाईंको बाबा
सिकिस्तै भएर
वीर अस्पतालमा भर्ना हुँदा
आफ्ना काम छोडी छोडी
बिरामी कुरुवा बन्ने पनि
त उही डेरावाल थियो नि !
आज
कसरी त्यही मनकारी
डेरावाललाई ऋणमा डुबाएर
तपाई कोरोना भाइरससँगको
युद्ध जित्न सक्नुहुन्छ ?
भन्छन्
मानिसभित्रै
स्वर्ग न नरक हुन्छ
भन्ने हो भने
तपाईंभित्रको
स्वर्ग मात्र देखेको छ
डेरावाल ले अहिलेसम्म !
मानिसहरु
यस्तै अभावहरुमा
अत्यचार गर्न खोज्छन्
भ्रष्टाचार गर्न खोज्छन्
न दण्ड दिने ऐन
न मानवीय चेतना
मात्र
एउटा अँध्यारो कोठरीको
परीक्षा जस्तो
जसले मानवता बुझ्यो
उस्ले उज्यालो भेट्यो !
त्यहाँ आसुको पनि काम छैन
जहाँ हृदय पग्लिदैन
अमृत पिएर विष ओकल्नेहरु
सत्य पक्रिएर मिथ्या फलाक्नेहरु
आफू असहयोग गर्ने
र चमत्कार खोज्नेहरु
यी मान्छे प्रवृत्ति
भन्दा फरक भएर निस्किनुस
प्रिय घरबेटी बा !
तपाईं एक महिनाको
भाडा नलिएर
नाङ्गो बन्नु हुन्न
तर डेरावालाको
मनमा सदा सदा बास गर्नु हुने छ ।
ए घरबेटी बा !
सङ्कुचित हृदयमा
ज्यादा घमण्ड लिएर
होइन
सानातिना हिसाबहरुमा
मोलतोल गरेर होइन
मनको विशाल बनावटमा
डेरावालको सानो खुसीका
लागि ठाउँ दिनुहोस् !
धनको पुजारी होइन
मनको भक्त भएर
कोरोना भाइरस विरुद्धको
लडाइँमा सरकारलाई
सहयोग गरिदिनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो