मजदुरलाई राहत दिन प्रभुु साहको माग
रौतहट । नेपाल कम्युनिष्ट प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले काठमाडौमा रहेका बाहिरका दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई पनि राहतको व्यवस्था गर्न माग गरेका छन् । कोभिड–१९ कोरोना भाईरस संक्रमण फैलिन नदिन सरकारले दोश्रोपटक गरेको लकडाउनका कारण विभिन्न रोजगारीमा गएका मजदुरहरु काठमाडौंबाट घर फर्किन सकेका छैनन् ।
दैनिक ल्यालादारी गर्ने लाखौंलाख नेपाली मजदुर भोकभोकै मर्ने स्थिति आउन सक्ने साहको ठहर छ । नेता साहले काठमाडौं आफ्नो क्षेत्रभित्रमात्र राहत संकलन गरेको बताउँदै उनले महानगरको विभेदकारी नीतिप्रति दुख व्यक्त गरे । यो संकटको घडीमा महानगर गैरजिम्मेवार भएको टिप्पणी समेत गरे ।
लकडाउनका कारण डेरामा बस्न बाध्य उनीहरुले काम नगर्दा भोकै बस्नुपर्ने स्थिति आएको हो । सरकारले मजदुर तथा अभावमा रहेका डेरावाल विद्यार्थी, गृहिणी, मजदुर लगायतका सबैलाई राहत उपलब्ध गराउन नेता साहले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय