शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा लकडाउनमा थप कडाइ

शनिबार, २२ चैत २०७६, २१ : १९
शनिबार, २२ चैत २०७६

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शनिबार यहाँ बसेको कोरोना भाइरस नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले जारी लकडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।
कैलाली र कञ्चनपुर गरी शनिबार मात्र तीन जनामा कोरोना संक्रमण भेटिउपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको हो ।
 
बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि उपकरणलगायतका सामग्री र रोगको उपचार तथा व्यवस्थापन गर्न विज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको व्यवस्थान गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय भएको जानकारी दिए ।
  
यसैगरी बैठकले प्रदेशका प्रादेशिक तथा जिल्ला अस्पतालमा कोभिड–१९ को उपचार र व्यवस्थापन गर्न चिकित्सकसहितको टोली तयारी अवस्थामा राख्ने, शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षण गरी सामान्य अवस्थाका बिरामीलाई सम्बन्धित अस्पतालमा उपचार व्यवस्थापन गर्ने र जटिल अवस्थाको बिरामीको सेती प्रादेशिक अस्पतालमा उपचार व्यवस्थापन गर्नेलगायतका निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप