कोरोनाबाट चीनभन्दा बढी यी ६ देशमा मानवीय क्षति
एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट सबैभन्दा बढी मानवीय क्षति इटालीमा भएका छ । चीनमा भन्दा इटालीसहित ६ देशमा मानवीय क्षति बढी भएको छ । चीनको उहानबाट कोरोना भाइरसको संक्रमण भएपनि बेलैमा सावधानी अपनाउँदा चीनमा धेरै मानवीय क्षति हुन पाएन भने सो देशमा भाइरस करिब नियन्त्रणमा आएको छ । तर अमेरिकालगायतका केही पश्चिमा देशमा भने कोभिड १९ को संक्रमण भयावह बनेको छ । अहिलेसम्म चीनमा ३ हजार ३२६ जनाको मृत्यु हुँदा अमेरिका, स्पेन, इटाली, फा्रन्स, इरान र युकेमा चीनमा भन्दा धेरैको ज्यान गएको छ ।
चीनमा शनिबार जम्मा ४ जनाको मृत्यु हुँदा अमेरिकामा ७७० जनाको मृत्यु भएको छ। यससँगै अमेरिकामा कूल मृतकको संख्या ८ हजार १५४ जना पुगेको छ । यस्तै स्पेनमा ११ हजार ७४४, इटालीमा १५ हजार ३६२, फा्रन्समा ७ हजार ५६०, इरानमा ३ हजार ४५२ र युकेमा ४ हजार ३१३ जनाको मृत्यु भएको छ । फ्रान्समा बितेको २४ घण्टामा सर्वाधिक १ हजार ५३ जनाको मृत्यु भएको छ भने युकेमा पनि ७०८ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा ६८१, स्पेनमा ५४६ र इरानमा १५८ जनाको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट ११ लाख ७२ हजार बढी संक्रमित भएका छन् भने ६३ हजार बढीको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की