केन्द्रीय संस्करण
कोरोना कैरन–२

सरकारका दुई अलङ्कार

person explore access_timeचैत २३, २०७६ chat_bubble_outline1

स्व–क्वारेन्टाइनमा बस्न त बसेँ तर समय बिताउन मलाई पर्नु गाह्रो प-यो । यसो केही पढ्न बस्यो, इटलीको रुवाबासीले मेरा कानलाई अत्याउँछ । यसो यसो गीत सुनु भन्यो, स्पेनको हाहाकारले मेरो एकाग्रता खलबल्याउँछ । युट्युबमा कसैको बौद्धिक व्याख्यानमा यसो कान थाप्यो, अमेरिकाको सम्भाव्य विनाशले मेरो हंस हल्लाउँछ । अनि विश्वव्यापी कोलाहल र चित्कारले अताल्लिएको मेरो चित्त आफ्नै नेपालतिर फर्किन्छ । सोच्छु, अन्यत्रभैmँ नेपालमा कोरोनाको ज्यानमारा व्याधी व्याप्त भए के होला ? भयावह नतिजाको कल्पनाले मात्रले पनि मेरो मथिङ्गल रन्थिनिन्छ । र, मेरो व्याकुल चित्त डुब्न लागेको मान्छेले परालको त्यान्द्रो समातेभैmँ त्यान्द्रे सान्त्वनातिर लहसिन्छ । त्यान्द्रे सान्त्वना दुईवटा छन् । यी हुन्, दुई थान वर्तमानज्ञाता एवं भविष्यवक्ता विरलाकोटी प्रतिभा  । र, तेस्रो त्यान्द्रो हुन् इसाई धर्मको कर्कश घण्ट बजाएर अनर्गल कुरा गर्दै हिँड्ेका पास्चरहरु ।

यी परमेश्वरका दूतरूपी पास्चरहरुका कुरा अन्त कतै गरुँला । अहिले यी दुई दुर्लभ एवं अद्भुत राष्ट्रिय प्रतिभाका कुरा गरूँ । लाग्छ, सत्ताको गद्दामा यस्ता पात्र न पहिले भए न पछि होलान् । यो राजधानी खाल्डोका तीनै सहरमा यतिका दिनमा यिनका सालिक बनिनसकेकोमा कृतघ्न लोकप्रति मेरो भारी खेद छ ।

कुरो किञ्चित् अमूर्त पो भयो कि ? अब पात्र किटान गरी कुरो खोलेरै कुरो गरूँ । मेरो देह उता अमेरिकामा नाति–नातिनीको समीपमा थियो, मेरो ध्यान यता नेपालमा थियो । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बहुविध अनलाइन जगत्मा म नेपालको खबर खोजी बस्थेँ । कोरोना भाइरसले कति मानिस सङ्क्रमित भए ? कति मानिस क्वारेन्टाइनमा छन् ? कति मानिस एकान्तबासमा छन् ? तिनको उपचार कसरी हुँदैछ ? उपचारकारी जनशक्ति र साधनको अवस्था के छ ? सरकार सदाझैँ गफै मात्र गरिरहेछ कि गफलाई व्यवहारमा ढाल्न केही न केही योजनाबद्ध यत्न पनि गरिरहेछ ? नेपालमा कोरोनाले कसैको ज्यान लिएको त छैन ? नानाओली विद्युतीय पर्दामा यी यावत् कष्टप्रद प्रश्नको उत्तर नभेटर म जिल परेँ । मानौँ यो विशाल जगत्को मानचित्रमा नेपाल भन्ने देशै छैन । मानौँ लक्ष्मीप्रसाद देवकोटाको अस्तित्त्वझैँ नेपाल कतै शून्यमा शून्यसरी बिलायो । हिमालपारि चीनको उहानमा विकराल कोलाहल र दारुण चित्कार छ, निकटवर्ती नेपालमा यो कस्तो सन्नाटा ?


माननीय मन्त्री पद्मामा मैले शक्तिरूपा दुर्गे भगवतीलाई देखेँ । मैले तिनमा विद्यादेवी सरस्वती मातालाई देखेँ । मैले तिनमा धनदेवी लक्ष्मी जननीलाई देखेँ । सम्भावित कोरोना आतङ्कबाट नेपाललाई बचाउने आखिर देवी–देवताले न हो । त्यसैले त हाम्रो हावा, पानी, माटो सुहाउँदो सरकार नानाओली निर्णय गर्छ, निर्णयअनुरूप कर्म गर्दैन । अनेकओली उद्घोष गर्छ, आफ्ना द्घोषहरुलाई जीवनमा उतार्न सचेत जमर्को गर्दैन । र नै त म भन्छु– वर्तमान सरकारका अस्सली प्रवक्ता गोकुल बाँस्कोटा होइनन्, पद्मा अर्याल हुन् ।


व्यग्र जिज्ञासासाथ गर्धन तन्काएर नेपालतिर हेर्दै के थिएँ यो सघन सन्नाटा भङ्ग गर्दै एउटा मधुरवाणी गगनमा गुन्ज्यो । त्यो वाणी नारीको थियो । सास दबाएर कान थापेर सुनेँ, वाणी विचित्रको रहेछ । वाणीले  साहसयुक्त स्वरमा भन्यो– डराउनुपर्ने कुनै कारण छैन । नेपालीका ज्यान दह्रा छन्, नाथे कोरोनाले छुन पनि सक्दैन । कुरो बुझ्दा त्यो दिव्य वाणी मन्त्री महोदयका मुखारविन्दबाट प्रस्फुटित भएको रहेछ । यसो नाम हेर्छु त गाँठ्ठे, त्यो अप्रतीम वाणीकी अपूर्व जननी रहिछन्– भूमिसुधार मन्त्री पद्मा अर्याल ।

झाँक्री र ज्योतिषी, हस्तविद् र राशिफले, तान्त्रिक र पुरोहित एवं पास्चर आदि अन्धविश्वासका संवाहक र प्रसारक हुन् । यी सबका जोखाना र घोषणामा मलाई एकरत्ति विश्वास छैन । तर मन्त्री पद्माको चित्ताकर्षक वाणीमा भने मलाई विश्वास गरूँगरूँ लाग्यो । कटु सत्य कहँदा रिसानी माफ होस् मान्यवर, आजसम्मको हाम्रो नेपाल आफ्नो भाग्य आफैँ लेख्ने पौरखी जनको नेपाल होइन । यो भावीले छैटीमा भाग्य लेखिदिने नेपाल हो । यो विदेशी प्रभुहरुले नियतिको रेखाङ्कन गरिदिने नेपाल हो । यो अकर्मण्य मुद्रामा स्वैरकल्पनामा शून्य गगनमा विहार गर्दै विकास, समृद्धि र सुखको कल्पना गर्नेहरुको नेपाल हो । कोरोना भाइरसविरुद्ध विवेक, सावधानी, ऐक्यबद्धता, स्वास्थ्योपचार, साहस एवं उत्सर्गले लड्ने र जित्ने नेपाल यो होइन । यो सङ्कटमा आफ्नो उद्धारका लागि अरूसँग हात थाप्ने र आफ्नो दीर्घायुका लागि अरूकै कृपाको याचना गर्ने नेपाल हो । मैले विनोदी मुद्रामा अन्तर–संवाद गरेँ– यस्तो नेपालमा यो सङ्कटकालमा मन्त्री पद्मा अर्याल नभए अरू को हुनु ? नेपाल सरकारका ज्ञानी एवं जादुगरी प्रवक्ताले पद्माको जस्तो दिव्य वाणी प्रकट नगरे अरू के गर्नु ? 

माननीय मन्त्री पद्मामा मैले शक्तिरूपा दुर्गे भगवतीलाई देखेँ । मैले तिनमा विद्यादेवी सरस्वती मातालाई देखेँ । मैले तिनमा धनदेवी लक्ष्मी जननीलाई देखेँ । सम्भावित कोरोना आतङ्कबाट नेपाललाई बचाउने आखिर देवी–देवताले न हो । त्यसैले त हाम्रो हावा, पानी, माटो सुहाउँदो सरकार नानाओली निर्णय गर्छ, निर्णयअनुरूप कर्म गर्दैन । अनेकओली उद्घोष गर्छ, आफ्ना द्घोषहरुलाई जीवनमा उतार्न सचेत जमर्को गर्दैन । र नै त म भन्छु– वर्तमान सरकारका अस्सली प्रवक्ता गोकुल बाँस्कोटा होइनन्, पद्मा अर्याल हुन् ।

अमेरिकामा एक भूतपूर्व नेपाली मित्रले मलाई गिज्याए– के हो तेरो देशको यो चाल ? लड्नुपर्ने कोरोना आतङ्क यस्तो छ, तेरो सरकारको मन्त्री त्यस्तो छ ? के नेपाल अझै आदिम युगको अन्धकार गुफामै छ ? प्रत्युत्तरमा मैले प्वाक्क भनेँ– तिम्रो अमेरिका जहाँ छ, मेरो नेपाल त्यहीँ छ, । रहस्य, भ्रम, अफबाह, जालसाजी, अन्धविश्वास र षड्यन्त्रको सिद्धान्त तिम्रा राष्ट्रपति महामहिम ट्रम्पका जति प्रिय अस्त्र हुन्, मेरा प्रधानमन्त्री ओली महोदयका पनि यी त्यति नै प्रिय अस्त्र हुन् । तसर्थ मित्र, तिमी–हामी बराबरी हौँ । मेरो उत्तरले भूतपूर्व नेपाली मित्र सन्तुष्ट भएन । बरु ऊ त रमरम आक्रोशित पो भयो । किञ्चित् कठोर स्वरमा उसले भन्यो– यही तालले कोरोनाविरुद्ध लडेर नेपाल बाँच्छ त ? ल, मलाई -याख-याख्ती पार्न छाड्दैन त केटो । अब म के भनूँ ? अब भने नबोल्नुमै कल्याण छ भनेर मौन प्रत्युत्तरमा मैले मुन्टो निहुँराएँ ।


अमेरिकाबासी मेरा भूतपूर्व नेपाली लगौटियाले पुनः मलाई गिज्याए– यो के हो तेरो नेपालको चाल ? फेरि उस्तै अर्को आयो त ? के तेरो नेपाल ताल न तुकका तोरीलाहुरे गफले सुतीसुती कोरोनामुक्त हुन्छ ? के हो यो बहुलठ्ठीपन ? तेरो सरकारका मन्त्री माननीयको यो सिल्लीपन, यो के हो ? मेरा भूतपूर्व नेपाली मित्रले तर्कको सनासोले मेरो जिब्रो यसरी अँठ्याए, म हतप्रभ र गतिल भएँ । अब म के भनूँ ? दिन मिल्ने तर्कसङ्गत उत्तर आपूmसँग नभएर म पुनः निहुरमुन्टी ‘न’ भएँ । ओठे जबाफ दिँदै मलाई तिम्रो ट्रम्प नि त भन्न पनि मन लागेन ।


मेरा आँखा र कान नेपालतिरै थिए । कुन दिन नेपालमा कोरोना आतङ्कको भयावह चक्र सुरु हुने हो भनेर म त्रस्त थिएँ । मेरा सपना विग्रिन थाले । सपनामा म देख्छु, उः नेपालमा तुफानी वेगमा कोरोना फैलिन थाल्यो, उपचारको नाममा बालुवाटारको धुरीबाट केवल गफैगफको ओइरो लागिरहेछ । म त्यसै त्यसै कहालिएँ । भाग्यवश, मेरो व्याकुल एवं भयातुर चित्तलाई सान्त्वना दिन एउटा पुरुष वाणी गगनमा गुन्ज्यो । त्यो पुरुष वाणी उही नारीवाणीको लयमा प्रकट भयो । वाणीले सगर्व एवं सहर्ष भन्यो– नेपाल कोरोनामुक्त देश हो ।

म अब जगत्छेउ यो सुखद् सन्देश सञ्चार गर्छु र मुलुकमा पर्यटकहरुको खोलो बगाउँछु । अहाहा !  त्यो दिव्य वाणीले मेरो आहत एवं आतङ्कित चित्तलाई मुसा-यो, म्वाई खायो र मलाई पलभर भए पनि चिन्तामुक्त तुल्यायो । त्यो अनुपम वाणीका विरलाकोटी स्वामीको पद र नाम सुन्नुहुन्छ, मान्यवर ? निजहजूरको पद पर्यटन मन्त्री हो र शुभनाम हो माननीय योगेश भट्टराई । अमेरिकाबासी मेरा भूतपूर्व नेपाली लगौटियाले पुनः मलाई गिज्याए– यो के हो तेरो नेपालको चाल ? फेरि उस्तै अर्को आयो त ? के तेरो नेपाल ताल न तुकका तोरीलाहुरे गफले सुतीसुती कोरोनामुक्त हुन्छ ? के हो यो बहुलठ्ठीपन ? तेरो सरकारका मन्त्री माननीयको यो सिल्लीपन, यो के हो ? मेरा भूतपूर्व नेपाली मित्रले तर्कको सनासोले मेरो जिब्रो यसरी अँठ्याए, म हतप्रभ र गतिल भएँ । अब म के भनूँ ? दिन मिल्ने तर्कसङ्गत उत्तर आपूmसँग नभएर म पुनः निहुरमुन्टी ‘न’ भएँ । ओठे जबाफ दिँदै मलाई तिम्रो ट्रम्प नि त भन्न पनि मन लागेन । सोचेँ, अर्काको वैचारिक, नैतिक र चारित्रिक खोट देखाएर आफ्नो वैचारिक, नैतिक र चारित्रिक खोटको औचित्य सिद्ध गर्न खोज्नुभन्दा चुत्थो मूर्खता जगतमा अरू के नै पो होला र ?

म स्व–क्वारेन्टाइनको अनिवार्य कैदमा छु । आफ्नै घरको यो बन्दीखानामा मेरो मन केहीमा एकाग्र हुँदैन । न पठनमा, न लेखनमा, न श्रवणमा, न बिजुली पर्दाको दृश्यावलोकनमा । तैपनि म आफ्नै घरको चार किल्लाभित्र खुम्चिन विवस छु । सत्ता, मठ र कर्पोरेट सेठहरुका आज्ञाहरुको अवज्ञा गर्न सधैँ दुस्साहस गर्ने बद्नाम उपद्र्या म ! अहिले कोरोना आतङ्कसामु म मूक आदेशपालक भएको छु । आदेश छ सुतीसुती आदेश दिनमै गर्वबोध गर्ने चटके सरकारको, आज्ञाकारिता म लन्ठ नागरिकको । उदेक लाग्छ, सरकारको आज्ञापालक असल नागरिक त यस मुलुकमा मै मात्र पो हुँ कि ?


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. April 5, 2020, 3:32 p.m. sriju karki
    Khagendra sir ko satik soch sadhubad yo medani vanne manchhe le pani korona ghus ra paani tanki ko 3 crore ko bhag paayechha jasto chha All neplese are crying but you dirty man die for money and doing curruption Jay Sidha sadha nepali
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.