बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरसको संक्रमणबाट बचेको संसारका यी ४० स्थान

आइतबार, २३ चैत २०७६, ०८ : ०९
आइतबार, २३ चैत २०७६

 संसारका धेरैजसो देशलाई कोरोनाभाइरसको संक्रमणले गाँजेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुखले दोस्रो विश्वयुद्ध पछि यसलाई सबैभन्दा चुनौतीको संज्ञा दिएका छन् । तर केही यस्ता देश र केही यस्ता क्षेत्र अझै पनि छन् जहाँ कोरोनाभाइरसको संक्रमण पुग्न सकेको छैन ।

प्रशान्त महासागरीय द्वीप तुवालू र पूर्व सोभियत रिपब्लिक देश तुर्कमेनिस्तानबीच के समानता छ ?

यी दुबै ती देश र क्षेत्रको सूचीमा समावेश छन् जहाँ एक अप्रिलसम्म कोरोनाभाइरसको संक्रमणको एउटै पनि घटना फेला परेका छैनन् ।

जोन होपकिन्स विश्वविद्यालयको ताजा आँकडा अनुसार कोरोना भाइरस दुनियाँको १८० भन्दा बढी देश र क्षेत्रमा पुगिसकेको छ । संसारमा १२ लाख मानिसहरु कोरोना भाइरसद्वारा संक्रमित भइसकेका छन् भने मृतकको आँकडा ६४ हजार नाघिसकेको छ ।

यस्तै, २ लाख ४६ हजार ३ सय ८३ जना निको भएर घरसमेत फर्किसकेका छन् ।

तर विश्व मानचित्रमा यस्ता ४० स्थानलाई कोरोना भाइरसको कुनै पनि संक्रमण नदेखिएको भनेर चित्रित गरिएको छ । कम्तीमा आधिकारिक रुपमा यसको कुनै सूचना पाइएको छैन ।

सीमा बन्दः

तर यी देश र इलाकामा किन एकजना पनि संक्रमित भेटिएनन् ? यसको कारण के हुनसक्ला ?

विभिन्न कारणमध्ये यदि एउटा कारणबारे कुरा गर्ने हो भने यी स्थान निकै साना छन् र यहाँको जनसंख्या खासै धेरै पनि छैन ।

यदि तुवालूको कुरा गर्ने हो भने यो द्वीप निकै सानो छ । यहाँको जनसंख्या निकै कम छ ।

यी ४० स्थानमध्ये धेरै स्थान पर्यटनका लागि परिचित छन् । अब यस्तो समयमा धेरैजसो देशले आफ्नो हवाई यात्रामा प्रतिबन्ध लगाइदिएको छ र सीमा बन्द गरिदिएको छ त्यसकारण यी स्थान अलग्गिएको जस्तै भएका छन् ।

उत्तर कोरियाको स्थिती शंकास्पदः

तुर्कमेनिस्तानमा त कोरोना भाइरसको शब्द प्रयोग गर्न नै प्रतिबन्ध लगाइएको छ । यस्तै अर्कोतर्फ उत्तर कोरियाको तर्फबाट आएको आधिकारिक बयानले शंका पैदा गर्छ ।

शंका यसकारण किनभने विश्व मानचित्र अनुसार उत्तर कोरिया ती देशले घेरिएको छ जो कोरोना भाइरसको संकटबाट सबैभन्दा धेरै जुधिरहेका छन् । यसमा सबैभन्दा प्रमुख नाम त चीन कै छ जहाँ यो भाइरसको सुरुवात भएको थियो ।

तर प्योङ्गयाङको तर्फबाट कसैमा पनि कोभिड–१९ को संक्रमण देखिएको घोषणा गरिएको छैन ।

यदि उत्तर कोरियामा यो महामारी  सुरु भयो भने यसले निकै सजिलै उत्तर कोरियाको स्वास्थ्य प्रणालीलाई ध्वस्त गरिदिने आशंका गरिएको छ । किनभने यहाँ स्वास्थ्य सेवाको स्थिती कुशासन र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण निकै खराब स्थितीमा छ । उत्तर कोरियाले परमाणु हतियार लगातार परीक्षण गरेका कारण यहाँ विभिन्न प्रतिबन्ध लागू गरिएको छ ।

यमनमा अहिले पनि युद्ध जारी छ । जसका कारण यहाँ परीक्षण गर्नु र स्वास्थ्य स्थितीबारे जानकारी दिनु अहिले पनि एउटा चुनौती भएको छ ।

यस्तै साउदी अरबले ३१ मार्चमा आफ्नो देशमा भाइरसको संक्रमण बढेर १५ सय पार भइसकेको घोषणा गरेको थियो ।

केही अफ्रिकी देशमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण दखिएको छैन । तर यसलाई परीक्षणका लागि आवश्यक स्वास्थ्य उपकरणको अभावसँग जोडेर हेरिएको छ ।

अन्टार्कटिकको एउटा महाद्वीपमा पनि कोरोनाभाइरसको एकजना पनि संक्रमित भेटिएका छैनन् ।

विश्व मानचित्रमा यदि यसको स्थितीलाई ध्यानपूर्वक हेर्ने हो भने यो संसारसँग अलग्गिएको जस्तो देखिन्छ । अन्टार्कटिक एउटा अत्यधिक कम जनसंख्या भएको स्थान हो जहाँ मानिसको उपस्थिती अन्तर्राष्ट्रिय अनुसन्धान सेन्टर्ससम्म मात्रै सिमित छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप