शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डी लिटसँग पोग्बा साट्दै युनाइटेड

आइतबार, २३ चैत २०७६, ०९ : १९
आइतबार, २३ चैत २०७६

इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले आफ्ना मिडफिल्डर पाउल पोग्बालाई युभेन्ट्सका युवास्टार म्याथिज डी लिटसँग साट्ने तयारी गरेको छ । नेदरल्यान्ड्सका स्टार डी लिटलाई अहिले स्पेनिस क्बल रियल म्याड्रिडको पनि आँखामा परेका छन् । यही बेला युनाइटेडले युभेन्ट्समा पोग्बा पठाएर डी लिटलाई अनुबन्ध गर्न चाहेको बेलायती मिडियाहरुले जनाएका छन् ।

डी लिटले इङ्लिस क्लबबाट खेल्न चाहेको र पोग्बा युनाइटेडमा त्यति खुशी नदेखिएकोले दुवै क्लबलाई सुखद संयोग हुने देखिएको छ । पोग्बा पनि पुरानो क्लब युभेन्ट्स फर्कन चाहन्छन् । चार सिजन युनाइटेडमा विताएका पोग्वाको पछिल्लो चाहना पनि क्रिस्टियानो रोनाल्डोसँग खेल्नु रहेको छ ।

युनाइटेडमा पोग्वाको सम्झौता अझै एक वर्ष बाँकी छ । युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले पनि फ्रान्सेली स्टार पोग्बालाई इटाली पठाएर डच युवास्टार डी लिट ल्याउने तयारी भएको खुलासा गरेका छन् ।

२० वर्षीय डि लिट मात्र ६८ मिलियन पाउन्डमा युभेन्ट्समा पुगेका थिए । तर, त्यहाँ उनी त्यति जम्न सकिरहेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप