बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अबको युद्ध भाइरससित

आइतबार, २३ चैत २०७६, १३ : ५०
आइतबार, २३ चैत २०७६

-डा. नवीनकुमार सिन्जाली

सबैले सोचौँ अबको युद्ध भाइरससित

मनमा मन मिलाई लड्नुछ सबै मिलेर साथ

मानिसले मानिसलाई अहंको लागि दोषारोपण गर्दैमा 

मर्दैन भाइरस तीतो भाषण र वाकयुद्ध लड्दैमा

भूल त भइसक्यो बिर्संदा हामीले एउटौ घरमा छौँ भन्ने 

स्वार्थ र शक्तिले कोरेको रेखा अब किन नमेट्ने 

कोही भन्छन् बनाइएको कोही बनेको यो परम शत्रु 

चिन्दैन त कसैलाई पूर्व–पश्चिमसम्म अब नि के भन्नू ।

धर्म, वर्ण र भूगोलले जन्माएको भुमरीमा परेर 

बनायौ बम बारुद आफ्नैलाई मास्न दुस्मन ठानेर

बिर्सिएर ती सब भूतका कर्महरु

मानसपटलमा कोराैं सुन्दर तस्बिरहरु

चाहिँदैन रहेछ भण्डारण गोली बन्दुक क्षेप्यास्त्रहरुको

तयारी राखौँ अबका दिन जीवनदानी स्वासयन्त्रहरुको

के काम भयो जल जमिन आकशभरिको बारुद र अखाडा ।

बनेको भए औजार र ओखतीले सम्पन्न अस्पताल बडा बडा 

सिपाही आजको भाइरससित लड्ने डाक्टर नर्सहरु 

छैन साथमा हतियार आफैलाई छेक्न लौन कसो गरुँ

त्यसैले लड्न यो भयङ्कर साझा युद्ध

हामी सब बनाैं लौन ज्ञानी बुद्ध

अनुशासित बनौँ, सामाजिक दूरी सधैँ कायम गरौँ

भिडभाड नगरौँ, हात धुने बानी आजैदेखि बसालौ

ब्यापारी बुद्धिजीवी सर्वसाधारण सबैले

नबिर्सिऔँ मानव धर्म अफ्ठ्यारोमा कसैले

अनिकाल आउन सक्छ बीउ त जोगाऔँ

आफू पनि बचौँ आफन्तलाई नि बचाऔँ

सबैले सोचौँ अबको युद्ध भाइरससित 

मनमा मन मिलाई लड्नुछ सबै मिलेर साथ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप