बैंकहरु ब्याजदर घटाउने तयारीमा
आइतबार, २३ चैत २०७६, १४ : ००
बैंकहरु ब्याजदर घटाउने तयारीमा जुटेका छन् । बैशाखदेखि लागू हुनेगरी ब्याजदरु घटाउने तयारीमा रहेको सिटिजन्स बैंकका सिईओ गणेशराज पोखरेलले बताए ।
यसका लागि सिटिजन्सले आजै बैठक बसेर ब्याजदर टुंगो लगाउने छ । पोखरेलले भने, ‘यतिखेर बाँच्यो भने बाँच्न सकिन्छ, हामीले अहिलेलाई हेर्नुपर्छ भनेर ब्याजदर घटाउने कुरा गरिरहेका छौ । आफू पनि बाँच्नु पर्यो उद्योग धन्दाहरु पनि बाँच्नु पर्यो र समाजलाई बचाउन पर्यो ।’
खासगरी सँस्थागत निक्षेपको ब्याज घटाउन लागेको भन्दै उनले यसले ब्यापारीलाई पनि राहत दिने विश्वास व्यक्त गरे ।
अर्का एक बैंकर्सले पनि ब्याजदर घटाउन बैंकहरुले आ—आफ्नै तरिकाले गृहकार्य गरिरहेको बताए । सम्भवत बैंशाख १ गतेबाट लागू हुने गरी सबै बैंकले निक्षेपको ब्याजदर घटाउने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण
-
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने