ट्रम्पले भारतसँग मागे मलेरियाको औषधी
आइतबार, २३ चैत २०७६, १४ : ३४
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले भारत सरकारसँग मलेरिया प्रतिरोधी औषधी हाइड्रोक्सीक्लोरोक्विन अमेरिका पठाइदिन आग्रह गरेको जानकारी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले यो औषधी कोरोनाभाइरस बिरामीको उपचारमा निकै प्रभावकारी हुनसक्ने दाबी सुझाव दिएका छन् ।
यद्यपि, स्वास्थ्य विशेषज्ञले कोरोना संक्रमणको उपचारमा यो औषधी प्रभावकारी हुन्छ भनेर दाबी गर्न कुनै आधिकारिक रिपोर्ट नभएको बताउने गरेका छन् ।
भारतले संसारभरी यो औषधी निर्यात गर्दै आएको छ तर आजकाल यो औषधीको निर्यातमा रोक लगाइएको छ । यदि कोरोनाको संक्रमण तीब्र रुपमा फैलियो आफ्ना जनताका लागि नै यो औषधीको आवश्यकता पर्ने भारतले अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?