शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस रोकथामका लागि मेटलाइफ फाउण्डेशनले २५ मिलियन डलर सहयोग गर्ने

आइतबार, २३ चैत २०७६, १५ : ०७
आइतबार, २३ चैत २०७६

वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस अर्थात कोभिड-१९ का कारण हाल विश्वमा प्रभावित समुदायहरूको समर्थनमा मेटलाइफ फाउण्डेशनले २५ मिलियन डलर सहयोग गर्ने भएको छ । मेटलाइफ फाउण्डेशनले प्रदान गर्ने अनुदानले सबै मेटलाइफका कार्यालय भएका क्षेत्रहरूमा विस्तार हुनेछ र दुबै छोटो तथा दीर्घकालीन राहतका प्रयासहरूलाई सम्बोधन गर्नेछ ।

मेटलाइफका अध्यक्ष तथा सीइओ मिशेल खलाफका अनुसार ‘सम्पूर्ण मानिसहरुको समर्थन र संरक्षण गर्नु नै मेटलाइफ व्यवसायको प्रमुख उद्देश्य हो । मेटलाइफ फाउण्डेशनले कोरोनाभाइरसबाट बढी प्रभावित समुदायहरूमा आफ्ना स्रोत तथा साधनहरूलाई परिचालित गरिरहेको छ । हामी जुन समुदायहरूमा काम गछौं, आज त्यो समुदायलाई हाम्रो साथ र सहयोगको धेरै आवश्यकता भएकोले हामी आफूले सक्ने जति सबै सहयोग गर्न अघि बढ्ने छौं ।’

मेटलाइफ फाउण्डेशनको प्रारम्भिक अनुदानले जरुरी आवश्यकताहरु भएका समुदाय र व्यक्तिहरुलाई तत्कालका लागि चाहिने खानपीन, स्वास्थ्य सेवा, बाल हेरचाह र प्रत्यक्ष वित्तीय सहयोग गर्नेछ । मेटलाइफ फाउण्डेसनले आफ्ना विद्यमान साझेदारहरूसँग मिली कम आय आर्जन भएका मानिसहरूलाई र साना व्यवसायहरूको वित्तीय स्वास्थ्य निर्माण गर्न सहयोग पुर्याउनुका साथै आवश्यकताहरूको छिटो प्रतिक्रिया दिन सँधै अग्रसर रहेनछ ।

प्रतिबद्धताको एक हिस्साको स्वरूप, मेटलाइफ फाउण्डेशन र अन्य मेटलाइफका संस्थाहरुले एसिया, इएमइए, ल्याटिन अमेरिका, र संयुक्त राज्य अमेरिकामा राहतको लागि ४ मिलियन डलर अनुदान दिने घोषणा समेत गरिसकेका छन । साथै कोरोनाभाइरसको कारण, परिणाम स्वरूप युएस फूड बैंकहरुमा उत्पन्न भएको सेवाहरूको बढ्दो मागको सामना गर्न पनि मेटलाइफ फाउण्डेशन र अन्य मेटलाइफका संस्थाहरु सहयोग गर्न तत्पर रहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप