शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारी अस्पताललाई बिस्कुट उत्पादक ब्रिटानियाको सहायता

आइतबार, २३ चैत २०७६, १५ : २७
आइतबार, २३ चैत २०७६

काठमाडौं– नेपालमा सबैभन्दा धेरै रुचाइएको बिस्कुट ब्रिटानियाले विश्वव्यापी महामारी बनेको कोभिड–१९ को यो विषम परिस्थितिमा पर्सामा अवस्थित सरकारी हस्पिटल नारायणी अस्पतालमा सेवारत डक्टरहरुका लागि सुरक्षा पोशाक सहायता स्वरुप उपलब्ध गराएको छ ।

जटिल अवस्थामा निस्वार्थ भावका साथ स्वास्थ्योपचारमा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरुको सेवा भावको सर्हाना गर्दै नेपाल सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिनका लागि अबलम्बन गरेको कदमहरुको खुलेर प्रसंसा गरेको बताएको छ । 

यो अत्यन्त विषम परिस्थितिमा देशको साथमा खडा रहेको र आफ्नो साझेदार विशाल ग्रुपसँग समन्वय गर्दै नेपाली नागरिकहरुलाई सर्वसुलभ तरिकाले सुपथ मोलमा स्वाथ्यवर्धक स्न्याक्सहरु निरन्तर उपलब्ध गराउन प्रतिवद्ध रहेको पनि जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप