स्वास्थ्य मन्त्रालयलाई एक हजार थान पीपीई प्रदान
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सातै प्रदेशमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको जनाएका छन् । कोरोना भाइरस विरुद्ध प्रयोग हुने पीपीईलगायतका स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले आग्रह र पूर्वाग्रहबाट माथि उठेर देश जोगाउनका लागि सवै लाग्नुपर्ने बताए । उनले कोरोनाविरुद्धको लडाईंमा सरकार एक्लैले केही गर्न नसक्ने भन्दै सवैको सहयोगबाट मात्रै कोरोनाविरुद्धको लडाई जित्न सकिने बताए ।
सो अवसरमा शहरीविकास राज्यमन्त्री रामवीर मानन्धरको समन्वयमा स्वास्थ्य मन्त्रालयलाई ३ सय थान तथा नेपाल भारत मानव मैत्री संघ का तर्फबाट सात सय थान पीपीई प्रदान गरिएको थियो । उक्त पीपीई बुझ्दै मन्त्री ढकालले संकटको घडीमा सानासाना सहयोगले पनि धेरैको ज्यान बचाउन सकिने बताए ।
त्यसक्रममा मन्त्री ढकालले विश्व नै कोरोनाभाइरस विरुद्ध लडिरहेका बेला यसको लडाईमा अघिल्लो पंक्तिमा बसेर काम गर्ने चिकित्साकर्मीहरुको मनोवल बढाउन पनि यस्ता सुरक्षा सामग्रहीहरु उपलव्ध गराउन सरकारले प्रयास गरिरहेको बताए । उनले केहीसामग्रीहरु प्राप्त भएपनि कही सामग्रीहरु अझे ल्याउने काम गरेको बताए ।
त्यस्तै उनले अभाव नै अभावका वीच पनि सरकारले सातै प्रदेशमा ल्याव विस्तार र कोरोना परीक्षण गर्ने काम गर्न सफल भएको बताए । उनले लकडाउनको अन्तिम अव्स्थामा रहेको भन्दै रोग फैलन नदिन सरकारले जस्तोसुकै कदम चाल्न तयार रहेको भन्दै कोरोनाविरुद्ध विजय हासिल गर्नुको विकल्प नभएकाले सवैको हातेमालो अनिवार्य भएको मन्त्री ढकालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल