शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुङ्गाबाट थप ४ जनाको स्वाब परीक्षणका लागी धरान पठाइँदै

आइतबार, २३ चैत २०७६, १७ : २३
आइतबार, २३ चैत २०७६

-रामहरि श्रेष्ठ 
ओखलढुंगा । ओखलढुंगामा विदेशबाट आएर २ हप्ता बिताएका थप ४ जनाको स्वाब परीक्षणका लागी धरान पठाईदै छ । दुई हप्ताअघि कतार लागायत अन्य मुलुकबाट ओखलढुंगा आएका उनीहरुको स्वाब परीक्षण अनिवार्य भएकाले परीक्षणका लागी तयारी गरिएको हो । जिल्लाको चिशंखुगढी गाउँपालिकाका दुई जना र मोलुङ गाउँपालिकाका २ जना युवालाई जिल्ला अस्पताल रुम्जटारको आईसोलेशनमा राखेर नमुना (स्वाब)  संकलन गरिने जिल्ला कमान्ड पोष्टका सूचना अधिकारी तथा जिल्ला स्वस्थ्य कार्यलयका प्रमुख सुमन तिवारीले बताए ।

उनीहरु विदेशबाट आएको १४ दिन बितेपनि जाँच अनिवार्य रहेको तिवारीको भनाई छ । ती युवाहरुको आईतबार (आज) बेलुकासम्ममा स्वाब संकलन गरी सोमबार बिहान विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइनेछ । कहिलेकाहीँ स्वस्थ मानिसमा समेत संक्रमणको जोखिम देखिनसक्ने भन्दै परीक्षण गर्न अनिवार्य रहेको प्रमुख तिवारीले वताए । उनीहरुलाई आईतबार (आजै)बाट आईसोलेशनमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप