प्रदेश ५ मा कोरोनाको सूचना संकलन र सम्प्रेषण गर्न एप संचालन
बुटवल । प्रदेश ५ मा कोरोनासम्बन्धी सूचना संकलन र सम्प्रेषणका लागि मोबाइल एप तयार गरिएको छ ।
प्रदेश ५ सरकारले सूचना संकलन र सम्प्रेषण गर्ने गरी कोभिड–१९ ट्रयाकिङ तथा सूचना प्रणाली नामक एप निर्माण गरेको जनाएको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले कोरानासम्बन्धी सम्पूर्ण सूचना एकीकृत गर्ने गरी मोबाइल एप निर्माण गरेको जनाएइका छन् ।
एपमार्फत आफ्नो, परिवार र छरछिमेकका कोरोना भाइरससँग सम्बन्धित विवरण पठाउन समेत सरकारले अनुरोध गरेको छ । एपलाई आफ्नो मोबाइलमा डाउनलोड गरी साइन अप गरेपछि कोभिड १९ बारे आफ्नो तथा अरुको बारेमा विवरण पठाउन सकिने छ ।
विदेशबाट नेपाल आएका व्यक्तिहरू क्वारेनटाइनमा बसे ÷नबसेको विवरण समेत यस एप मार्फत पठाउन सकिने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्वास्थ्य विवरण संकलन हुने भएकाले स्वास्थ संस्थाहरूलाई सम्बन्धित व्यक्ति बस्ने स्थानसम्म पु¥याउन सक्ने तथा कोरोना लक्षण देखिएका व्यक्तिहरूका विवरण पठाई उपचार तथा कोराना नियन्त्रण गर्नमा सहयोग पुग्ने भएकाले एप प्रभावकारी हुने विश्वास लिइएको छ ।
एप सोमबारदेखि गुगल प्ले स्टोर र मुख्यमन्त्री कार्यालयको वेवसाइटबाट डाउन गर्न सकिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा