
च्याम्पियन्स लिग अगस्टमा
एजेन्सी । च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल अगस्टमा हुने भएको छ । युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफरिनले जर्मन टेलिभजनसँगको अन्तर्वार्तामा च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल अगस्टको पहिलो साता हुने बताएका छन् । ‘यी दुवै प्रतियोगिता अगस्ट ३ तारिखसम्म सकिने छ । परिस्थिति सहज भएमा त्यसअघि नै सकिने प्रयास हुनेछ,’ सेफरिनले भनेका छन् । कोरोना भाईरसका कारण युईएफएले बुधबार मात्र च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अनिश्चितकालका लागि स्थगित गरेको थियो ।
च्याम्पियन्स लिगमा प्रिक्वार्टरफाइनलको दोस्रो लेग चल्दै गर्दा कोरोनाका कारण स्थगित भएको थियो । युरोपा लिगको प्रिक्वार्टरफाइनल खेलको पहिलो लेग नै सकिएको छैन । कोरोनाका कारण अहिले युरोकप, कोपा अमेरिका, ओलम्पिक, महिला युरो कप फुटबल लगायत ठूला प्रतियोगिता एकबर्ष पछि सरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ