बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माँदी गाउँपालिकाले बाड्यो १९ विपन्न परिवारलाई राहत

आइतबार, २३ चैत २०७६, २१ : १२
आइतबार, २३ चैत २०७६

पोखरा । माँदी गाउँपालिकाले विपन्न परिवारलाई राहत बाडेको छ । वडा नम्बर ८ का १९ विपन्न परिवारलाई राहत बाडेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए । 

अध्यक्ष गुरुङका अनुसार गाउँपालिको ७ सय विपन्न परिवारलाई राहत बाड्ने छ । राहतमा गाउँपालिकाले एक बोरा चामल, दाल, चिनी र नुन वितरण गरिएको उनले सुनाए । 

वडाले सिफारिस गरेको आधारमा गाउँपालिकाको विपद् व्यवस्थापन समितिले विपन्न परिवारको पहिचान गरेर राहत उपलब्ध गराइएको हो । गाउँपालिको बाडेको राहतमा सुपर मादी हाइड्रो पावर कम्पनीले १४ लाख रुपैयाँ सहयोग गरेको छ । 

गाउँपालिकाले बाडेको यो पहिलो राहत हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप