
त्रिशक्ति क्लबले १ सय १५ परिवारलाई बाँड्यो राहत

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) का कारण समस्यामा परेका हाँडीगाउँ क्षेत्रका श्रमिक परिवारलाई राहत वितरण गरिएको छ । स्थानीय त्रिशक्ति क्लब र त्रिशक्ति महिला समूहको सक्रियतामा आइतबार सो क्षेत्रका १ सय १५ मजदुर परिवारलाई राहत वितरण गरिएको हो ।
स्थानीयव्यवसायीहरु पिताम्बर मुरारका र सुदिप समद्दार तथाक्लब र समूहका सदस्यहरुको स्वेच्छिक सहयोग जुटाएर उक्त संख्याकामजदुर परिवारलाई १० दिनलाई पुग्ने खाद्यान्न, दाल, गेडागुडी, तेल, चिनी, बिस्कुट, चाउचाउ लगायतका खाद्य सामाग्री वितरण गरिएको क्लबकाअध्यक्ष बालकृष्ण खड्गीले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाको वडा नं ५ अन्तर्गत गर्ने उक्त क्षेत्रमा सयौं श्रमिक परिवार बसोबास गर्छन् । कोरोनाको कारण रोजीरोटी खोसिएका परिवारलाई स्थानीयको सहयोग र सक्रियातमा राहतवितरण गरेर भावनात्मक सहयोग गरेको अध्यक्ष खड्गीको भनाई थियो ।
उक्त राहत वितरण कार्यक्रममा स्थानीय क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद प्रदेश सभाका स्थानीय नारायण सिलवाल समेत उपस्थितथिए । उक्त समूहले सोमबार सोही स्थानको एक अनाथ आश्रममा बस्ने बालबालिकालाई सहयोग गर्ने तष्यारी गरेको त्रिशक्ति महिला क्लबकीअध्यक्ष विना केसीले बताइन् ।
उक्त आश्रमबाट बालबालिकालाई खुवाउने खाद्यान्न सकिएको गुनासो आएपछि क्लबले उक्त स्थानमा राहत लिएर जाने कार्यक्रम बनाएको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ