बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा मुम्बई बन्यो कोरोनाको केन्द्रविन्दु : ४ सय ३३ संक्रमित, ३० को मृत्यु

आइतबार, २३ चैत २०७६, २१ : ४८
आइतबार, २३ चैत २०७६

भारतमा मुम्बई शहर कोरोनाभाइरस (कोभिड १९) महामारीको केन्द्रविन्दु बनेको छ । मुम्बईमा मात्र ४ सय ३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । आइतबार मुम्बईमा संक्रमणका १०३ नयाँ मामिला देखिएको छ भने शहरमा ३० जनाले ज्यान गुमाइसकेका छन् ।

द हिन्दुस्तान टाइम्सका अनुसार देशमा कूल संक्रमितको संख्या ३ हजार ४९३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या ८३ पुगेको बताएको छ । यसमध्ये २७४ जना निको भएर घर फर्किसेका छन् । देशमा कोरोनासंक्रमित मध्ये २१ देखि ४० वर्ष उमेर समूहका सर्वाधिक ४२ प्रतिशत रहेका छन् ।

यता, मध्यप्रदेशको राजधानी भोपालमा आइतबार २३ जना नयाँ संक्रमित फेला परेका छन् जसमध्ये ३ जना डाक्टर सामेल छन् ।

भारतमा महाराष्ट्रमा सर्वाधिक ७९३ जना संक्रमित रहेका छन् भने ४५ जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रपछि मध्यप्रदेश र तेलंगानामा १२–१२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या भने तमिलनाडु ५७१ जनासहित दोस्रो स्थानमा छ भने राजधानी दिल्लीमा ५०३ जना संक्रमित फेला परेका छन् भने ७ जनाले ज्यान गुमाएका छन् ।

देशमा कोभिड १९ को महामारी बढ्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पूर्वराष्ट्रपति प्रणव मुखर्जी र प्रतिभा पाटिल तथा दुई पूर्वप्रधानमन्त्री मनमोहन सिंह र एचडी देवेगौडासँग फोन संवाद गरेका छन् । त्यस्तै, सोनिया गान्धी, मुलायम सिंह यादव, अखिलेश यादव, ममता बनर्जी, नवीन पटनायक, के चन्द्र शेखर राव लगायत नेताहरुसँग पनि मोदीले छलफल गरेको दैनिक भास्करले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप