सप्तरीमा ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु
आइतबार, २३ चैत २०७६, २२ : १३
सप्तरी । सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिकास्थित मोहनपुरमा आज दिउँसो ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित खड्काको आठ वर्षीय छोरा निशान खड्का र सोही ठाउँका दिलबहादुर मगरको चार वर्षीय छोरा निकेश मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
निशान र निकेश उनीहरु दुवै जना घर नजीकै रहेको गौरी खोलामा माटो कोर्ने क्रममा माथिबाट ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा