शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा वन सुरक्षाटोली र तस्करबीच दोहोरो गोली हानाहान

सोमबार, २४ चैत २०७६, ०९ : १६
सोमबार, २४ चैत २०७६

रौतहट – रौतहटस्थित वन सुरक्षाटोली र तस्कर समूहबीच दोहरो गोली हानाहान भएको छ ।

गुजरा नगरपालिका २ स्थित अन्जुमन सामुदाईक वनक्षेत्र भित्र सुरक्षाटोली र तस्कर समुहबिच आइतवार साँझ दोहरो गोली हानाहान भएको हो ।

भीडन्तको क्रममा सुरक्षाटोलीले ३ राउण्ड र तस्करले २ राउण्ड गोली प्रहार गरेको सेक्टर वन कार्यालय चोँचाका अधिकृत राजेश कुमार साहले बताएका छन् ।

गोली हानाहानमा सुरक्षाटोली तर्फ कुनै क्षति भएको छैन भने तस्कर समूह भागेका छन् ।   

तस्करले छोडेर भागेको एकथना भरुवा वन्दुक गस्तीटोलीले बरामद गरेको अधिकृत साहले जानकारी दिएका छन् ।

अन्जुमन सामुदाईक वनक्षेत्र भित्र तस्कर समुहले आइतवार अपरान्ह एकराउण्ड गोली प्रहार गरेका थिए ।

गोलीको आवाज सुनेर अबैध चोरी सिकारी एको आशंकामा चोँचा सेक्टर वन कार्यालयबाट खोज तलासमा गएको गस्तीटोलीसंग जम्काभेट भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताएका छन् ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको अवधिमा रौतहटस्थित राष्ट्यि तथा बिभिन्न सामुदायिक वनक्षेत्रमा चोरी तस्करी बढेको छ । लकडाउनको अवधिमा वन सुरक्षा गस्तीटोलीले करिव एकसय क्युुवि फिट अबैध सालको काठ सहित तीनजना तस्करलाई नियन्त्रणमा लिएको डिविजन जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप