केन्द्रीय संस्करण

‘कोरोना भगाउन’ बालिएको दियो : विपत्तिमा परेका मानिसहरुको उपहास

मोदीको नाममा एक नागरिकको खुलापत्र

person explore access_timeचैत २४, २०७६ chat_bubble_outline0

 

 

प्रधान सेवक र चौकीदार आदि नाथाथरी उपाधिले विभूषित प्रधानमन्त्री मोदीजी

सबैभन्दा पहिल्यै प्रस्ट बताइदिउँ– मैले न थाली र ताली बजाएकी थिएँ, न त आज दियो नै बालें । मलाई यो अत्यन्तै अश्लील लाग्यो र विपत्तिमा परेका मानिसहरुको उपहास गर्ने कामजस्तै लाग्यो ।

माफ गर्नुहोस् सरकार ! डाक्टरहरुलाई धन्यवाद दिन ताली र थाली बजाइएको यत्तिका दिनपछि पनि तपाईंका मन्त्रीहरु, शासकीय पदाधिकारीहरु, हाकिम–हुक्कुमपालकहरु, दरवारियाहरुले डाक्टरहरु र अस्पतालका कर्मचारीलाई पर्याप्त संख्यामा पीपीई सुट, मास्क र अन्य जरुरी चिज उपब्ध गराउन सकेका छैनन् । त्यसका लागि मुखै फोरेर आवाज उठाउने डाक्टर र नर्सिङ स्टाफहरुलाई प्रशासनले धम्काइरहेका छन् र दुःख दिइरहेका छन् । ठूलो मात्रामा डाक्टर र नर्सहरु कोरोनाले संक्रमित भइरहेका छन् । अब भन्नुहोस्, ताली र थाली बजाउने त्यो कार्य डाक्टरहरुका लागि कति घटिया र फोहोरी मजाक थियो ! अहँ, तपाईं एक पटक तिनीहरुको स्थानमा आफैंलाई त राखेर हेर्नुहोस् !

https://twitter.com

मैले मानसम्मानको पालना नगरेको कुरालाई माफ गरिदिनुहुन्छ भने तपाईंको हजूरमा म यो निवेदन गरुँ– सरकार, तपाईं त नीरोभन्दा पनि बढी निर्मम हुनुभयो ! अहिले आआफ्नो पेट डम्म भरेपछि बार्दलीहरुमा दियो बालिरहेका र पटाका पड्काइरहेका मानिसहरुकै नातागोताले बाहिरबाट कोरोना भाइरस लिएर आएका थिए । जब त्यसको प्रकोप पूरै देशमा पर्यो, कम्तिमा तीनदेखि चार करोड मजदूर महानगरहरुबाट बिजोग हालतमा सयौं किलोमिटर पैदल हिँडेर आफ्ना गाउँतिर गए ! कैयन त बाटोमै मरे । दिनहुँ कमाएर खानुपर्ने करोडौं मानिस अहिले पनि सहरहरुमा परिवारसहित भोका छन् र उनीहरु बिमारीले मरिरहेका छन् । कोरोनाविरुद्धको संघर्षमा यी मानिसहरुले कसरी आफ्नो एकता जाहेर गरुन् ?


र आज, तपाईंले त कोरोनाविरुद्ध एकताको नाममा पूरै देशमा दीपावली नै मनाइदिनुभयो ! मैले मानसम्मानको पालना नगरेको कुरालाई माफ गरिदिनुहुन्छ भने तपाईंको हजूरमा म यो निवेदन गरुँ– सरकार, तपाईं त नीरोभन्दा पनि बढी निर्मम हुनुभयो ! अहिले आआफ्नो पेट डम्म भरेपछि बार्दलीहरुमा दियो बालिरहेका र पटाका पड्काइरहेका मानिसहरुकै नातागोताले बाहिरबाट कोरोना भाइरस लिएर आएका थिए । जब त्यसको प्रकोप पूरै देशमा पर्यो, कम्तिमा तीनदेखि चार करोड मजदूर महानगरहरुबाट बिजोग हालतमा सयौं किलोमिटर पैदल हिँडेर आफ्ना गाउँतिर गए ! कैयन त बाटोमै मरे । दिनहुँ कमाएर खानुपर्ने करोडौं मानिस अहिले पनि सहरहरुमा परिवारसहित भोका छन् र उनीहरु बिमारीले मरिरहेका छन् । कोरोनाविरुद्धको संघर्षमा यी मानिसहरुले कसरी आफ्नो एकता जाहेर गरुन् ? एकातिर, अस्पतालहरुमा अन्य बिमारीहरुको उपचार बन्द छ, ओपीडी ठप्प छ । अर्कोतिर, कोरोनाको प्रबन्धको लागि स्थिति कस्तो छ भने देशमा भेन्टिलेटरहरु छैनन्, क्वारिन्टिन र आइसोलेसनका लागि वार्ड छैनन्, टेस्ट किट्सहरु छैन र निजी अस्पतालहरुमा भारु ४५ सयमा टेस्ट भइरहेका छन् ।

तपाईंले पनि स्पेनले जस्तै तपाईंले आपतकालीन कदमको रुपमा सबै निजी अस्पताललाई अधिग्रहण गरिदिनुभएको भए, सबै होटल र रिसोर्टमा पनि उपचार र क्वारेन्टिनको बन्दोबस्त गरिदिनुभएको भए, सबै स्कुल तथा कलेज अनि विभिन्न सार्वजनिक भवनमा बेघर गरिबहरुलाई बस्ने र सित्तैमा खानेकुराको बन्दोबस्त सरकारको तर्फबाट गरिदिनुभएको भए आमजनताका लागि ऐक्यबद्धताको महत्व त्यतिखेर हुन्थ्यो । अवस्था कस्तो छ भने अहिलेसम्म मात्रै ७० हजारको आसपासमा मात्रै जाँच भएको छ । यो देशको जनसंख्यालाई हेर्दा अत्यन्तै कम हो । यस्तो हालतमा के अनुमान स्वाभाविक हो भने वास्तविक संक्रमितको संख्या अहिले देखाइएका आँकडाभन्दा अत्यन्तै धेरै हुनसक्छ । खैर, आँकडाको चटक देखाउने त तपाईंको पुरानै शोख हो !

तपाईंले कोरोनासँग लड्न नागरिकहरुको ऐक्यबद्धताको प्रतीकको रुपमा आज राति नौ बजे नौ मिनेटको लागि जुन दियो जलाउनुभयो, त्यो त मानौं भोका–विमार मानिसहरुको मजबूरी र खस्ता हालतको मजाक उडाइँदैछ भन्ने लागेको छ । खाएका र अघाएका जुन मध्यम वर्गले यो उत्सव मनाइरहका थिए, उनीहरुका लागि त्यसै पनि खराब हालतका भोकानांगा मिहेनती र आम मानिससँग कुनै लेनादेना नै हुँदैन ! उनीहरु त तिनका बर्बादी र खराब हालतको उत्सव हरदिन मनाइरहेकै हुन्छन् !

https://twitter.com

तपाईंले कोरोनासँग लड्न नागरिकहरुको ऐक्यबद्धताको प्रतीकको रुपमा आज राति नौ बजे नौ मिनेटको लागि जुन दियो जलाउनुभयो, त्यो त मानौं भोका–विमार मानिसहरुको मजबूरी र खस्ता हालतको मजाक उडाइँदैछ भन्ने लागेको छ । खाएका र अघाएका जुन मध्यम वर्गले यो उत्सव मनाइरहका थिए, उनीहरुका लागि त्यसै पनि खराब हालतका भोकानांगा मिहेनती र आम मानिससँग कुनै लेनादेना नै हुँदैन ! उनीहरु त तिनका बर्बादी र खराब हालतको उत्सव हरदिन मनाइरहेकै हुन्छन् !


अनि मोदीजी, एउटा अर्को कुरा पनि निवेदन गर्नु छ ! तपाईं एउटा कुरा भन्नुहुन्छ तर भक्तहरुसम्म अरु नै सन्देश पुग्ने गर्छ ! जुन दिन ताली र थालीका साथ घन्टीहरु आक्रामक ढंगले बजिरहेका थिए, त्यही दिन ‘जय श्रीराम’ र ‘वन्दे मातरम’ आदि नारा पनि घनघोर गर्जनका साथ लागिरहेको थियो ! त्यहाँ डाक्टरहरुलाई धन्यवाद दिइरहिएको थियो या हिन्दुत्वको विजयको उत्सव मनाइरहिएको थियो ? धारा–३७० लाई खारेज गर्ने र मन्दिरबारे सुप्रीम कोर्टको फैसला त पुरानो चिज भइसकेको छ, तर उत्तर पूर्वी दिल्लीका ‘दंगाहरु’ र ‘कटुवाहरुलाई पाठ सिकाउने घटना’, क्याम्पसमा पुलिस र संघी गुण्डाहरुको कहर, कोरोनाको कारण तमाम शाहीनबागहरुलाई स्थगित गरिनु र मध्यप्रदेशमा कांग्रेसको सरकार ढालेर आफ्नो सरकार बनाउनु आदि आदि... –––संघ समर्थकहरुका लागि त उत्सव मनाउनुका थुप्रै कारण थिए नै । अतः डाक्टरहरुलाई धन्यवाद दिन र कोरोनासँग संघर्षमा जनताका एकजुटता प्रदर्शनको नाममा उत्सव पनि खुबै मनाइयो र आक्रामक ढंगले हिन्दुत्वको विजयको उद्घोष पनि अति नै भयो !

तपाईंले त दियो मात्रै जलाउन भन्नुभएको थियो, तर मध्यवर्गीय कोलोनीहरुमा दीपावली सजाउनुका साथै पटाका पनि खुबै पड्काइए र धेरै बेरसम्म ‘भारत माता की जय’, ‘जय श्रीराम’ र ‘वन्दे मातरम’का नारा पनि लगाइए ! कस्तो लागिरहेको थियो भने देशका ७५ प्रतिशत जनसंख्याले कोरोनाभन्दा पनि बढी भयंकर रुपमा भोक, विस्थापन र विभिन्न बिमारीको सामना गरिरहेकै छैनन् ! कस्तो लागिरहेको थियो भने कोरोनाको असली महाविपत्तिहरु त अब अझै अगाडि आउनेवाला नै छैन ! कस्तो लागिरहेको थियो भने कोरोनासँग लड्नका लागि गर्नुपर्ने तयारीमा सरकारको तर्फबाट जुन लापरबाही र कमी भइरहेका छन्, ती आपराधिक नै होइनन् ! मात्र के लागिरहेको थियो भने मोदीको हिन्दुत्व सेनाले आफ्नो अभियानमा कुनै ठूलो नै सफलता हासिल गरेको छ र त्यसैको उत्सव मनाइरहेको छ ! माफ गर्नुहोला, यो उत्सव त मसानघाटमा मदमत्त तान्त्रिकहरुको नृत्यजस्तो घृणापूर्ण, वीभत्स र भयंकर लागिरहेको थियो ! त्यो मृत्युको त्रासको छायाँमा भूत–प्रेत–पिसाच–हाकिनी–डाकिनी र चुडेलहरुको उन्मत्त उत्सवजस्तै नै लागिरहेको थियो !


कस्तो लागिरहेको थियो भने कोरोनासँग लड्नका लागि गर्नुपर्ने तयारीमा सरकारको तर्फबाट जुन लापरबाही र कमी भइरहेका छन्, ती आपराधिक नै होइनन् ! मात्र के लागिरहेको थियो भने मोदीको हिन्दुत्व सेनाले आफ्नो अभियानमा कुनै ठूलो नै सफलता हासिल गरेको छ र त्यसैको उत्सव मनाइरहेको छ ! माफ गर्नुहोला, यो उत्सव त मसानघाटमा मदमत्त तान्त्रिकहरुको नृत्यजस्तो घृणापूर्ण, वीभत्स र भयंकर लागिरहेको थियो ! त्यो मृत्युको त्रासको छायाँमा भूत–प्रेत–पिसाच–हाकिनी–डाकिनी र चुडेलहरुको उन्मत्त उत्सवजस्तै नै लागिरहेको थियो !


मोदीजी ! तपाईं ती अनुष्ठान र विजयोत्सवको आडमा आफ्नो आपराधिक गल्ती र विफलतालाई आखिर कहिलेसम्म लुकाउन सक्नुहुन्छ ? हुन त तपाईंले कहिले पनि स्वीकार्नुहुनेछैन– विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदादिँदै र कोरोनाको विश्वव्यापी विस्तार हुँदाहुँदै पनि तपाईं १७ मार्चसम्म एकदम निश्चिन्त बनिरहनुभयो ! पीपीई किट आदि चिजको निर्यात भइरह्यो ! कुनै बन्दोबस्त छैन ! र फेरि अचानक एक दिनको ‘जनता कफ्र्यू’ र फेरि चार घण्टाका नोटिसमा २१ दिनका लागि पूरै देशमा लकडाउन ! यो त महामारीको जनसंहारका लागि निम्तो दिनुजस्तै थियो ! यति ठूलो गल्तीमा, यहाँसँग अलिकति मात्रै पनि मानवीय संवेदना र दायित्वबोध थियो भने तपाईंले तुरुन्तै राजीनामा दिनुुहुन्थ्यो ! तर सबैलाई थाहा छ– तपाईं यो कुनै पनि मूल्यमा गर्नुहुन्न !

Residential buildings in India are illuminated by candles, earthen lamps, and flashlights to mark the country's fight against the COVID-19 pandemic in New Delhi, India, on April 5, 2020. (Xinhua/Javed Dar)

अन्त्यमा, म यति कुरा भनिहाल्छु– कुनै पनि शासक यति धेरै अहंकारी र विजयोन्मत्त हुनुहुँदैन ! इतिहासले एक न एक दिन न्यायको कठघरामा सबै निरंकुश शासक र तानाशाहलाई उभ्याउनेछ र त्यो बेला टाउकोबाट सफलताका सारा नशाहरु आँखा झिम्काउन नपाउँदै उत्रनेछ ! तर अफसोस ! तपाईं इतिहास पढ्नु नै हुन्न र त्यसबारे सधैं उल्टोपाल्टो कुरा गरेर उपहासको पात्र बनिरहनुहुन्छ !


कुनै पनि शासक यति धेरै अहंकारी र विजयोन्मत्त हुनुहुँदैन ! इतिहासले एक न एक दिन न्यायको कठघरामा सबै निरंकुश शासक र तानाशाहलाई उभ्याउनेछ र त्यो बेला टाउकोबाट सफलताका सारा नशाहरु आँखा झिम्काउन नपाउँदै उत्रनेछ ! तर अफसोस ! तपाईं इतिहास पढ्नु नै हुन्न र त्यसबारे सधैं उल्टोपाल्टो कुरा गरेर उपहासको पात्र बनिरहनुहुन्छ !


एउटा अर्को कुरा पनि बताइदिऊँ ! कुनै पनि समयमा, कुनै पनि शासक चाहे जति नै शक्तिशाली र आतंककारी किन नहोस्, उसका अगाडि आफ्ना तर्क र विवेकलाई धितो राखेर साष्टाङ दण्डवत गर्न इन्कार गर्ने केही मानिस हुन्छन् नै ! केही मानिस यस्ता हुन्छन् नै, जो पराजय र मृत्युको चिन्ता गर्दै नगरेर सत्य र न्यायका लागि लड्छन् ! सबै जना त्यस्ता मुसा पनि हुँदैनन्, जो बाँसुरी बजाउनेका पछि–पछि आँखा चिम्लेर लाग्छन् ! शक्तिशाली सत्ताधारीहरुले धेरैजसो मानिससँग त्यस्तै व्यवहार गर्न सक्छन्, जुन सर्कसका रिङमास्टरहरुले तालिम दिइएका जनावरसँग गर्छन् ! तर केही मानिस कहिले पनि तालिम दिइएका जनावर बन्दैनन् ! उनीहरु तपाईंको इशारामा न ताली–थाली बजाउँछन्, न दियो बाल्छन्, र न ‘ता–थैय्या ता–थैय्या’ नाच्न नै तैयार हुन्छन् !

कुनै धन्यवादबिना,

तपाईंको देशका एक बबुरो नागरिक !

सामाजिक सञ्जालमा प्रकाशित कविता कृष्णपल्लवीको विचारको नेपाली अनुवाद

Title Photo: https://twitter.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.