शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शोकमा डुबेको चीन : कोभिड–१९ का योद्धाहरुलाई सम्मान (फोटोफिचर)

सोमबार, २४ चैत २०७६, १० : २०
सोमबार, २४ चैत २०७६

नोबल कोरोनाभाइरस (कोभिड १९) विरुद्धको लडाइँको क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा चीनमा शनिबार राष्ट्रिय शोक मनाइएको छ । राष्ट्रिय शोक मनाउने क्रममा १० बजे बिहान ३ मिनेट लामो मौन धारण गरिएको थियो । मौनधारणमा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खस्याङलगायत पार्टीका केन्द्रीय तथा राज्यतहका नेताहरु सहभागी थिए ।

कोरोनाभाइरसविरुद्धको युद्धमा ज्यान गुमाएका शहिदहरुको सम्मानमा तियानमेन स्क्वेरलगायतका स्थानमाहरुमा राष्ट्रिय झण्डालाई आधा भागसम्म झारिएको थियो । महामारीबाट सबैभन्दा ग्रसित बनेको हुबेइ प्रान्तको ऊहानमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । देशभरका जनताले मौनधारण गर्दै आफ्ना हिरोहरु प्रति सम्मान प्रकट गरेका थिए ।

हेरौँ केही तस्विरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप