शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा विदेशबाट फर्केकी महिला आइसोलेशनमा भर्ना

सोमबार, २४ चैत २०७६, १० : २१
सोमबार, २४ चैत २०७६

कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई आइसोलेशन वार्डमा भर्ना गरिएको छ । 

सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा भर्ना लिइएको हो । 

सदरमुकाम चौतारास्थित जिल्ला अस्पतालको आइसोलसनमा राखेर उनको उपचार थालिएको छ ।

एम्बुलेन्सले बोक्न नमानेपछि उनलाई आइसोलेसनसम्म लान सरकारी सवारी साधन प्रयोग गरिएको थियो ।

एम्बुलेन्स नभेटेपछि वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँका साथमा जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले आफ्नो गाडीमा ती विरामीलाई खाडीचौर लगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप