शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ढुक्क हुनुस्, पोखरामा तीन महिनासम्म पुग्ने खाद्यान्न छ’

सोमबार, २४ चैत २०७६, ११ : ५७
सोमबार, २४ चैत २०७६

अत्यावश्यक बाहेकका सबै सेवा ठप्प छ । अर्थतन्त्र चलायमान नहुँदा छिटपुट अभाव बजारमा देखिन थालिसकेको अवस्था छ । 

लकडाउनको कारण खाद्यान्न अभाव भएकै कारण रोगले भन्दा भोकले मर्नु पर्ने हो कि ! भन्ने संशय सर्वसाधारणमा छ । तर, उपभोक्ता अधिकार मञ्ज गण्डकीले आइतबार गरेको बजार सर्वेक्षणले भने पोखराको बजारमा अझै तीन महिनासम्म खाद्यान्न अभाव नहुने देखिएको छ । 

आइतबार पोखराका ८ ठूला राइस मिलको अनुगमन गर्दा खाद्यान्न स्टकमा रहेको र बजारमा खाद्यान्न अभाव नहुने देखिएको हो । उपभोक्ता अधिकार मञ्ज गण्डकीका अध्यक्ष कोपिलनाथ कोइरालाले खाद्यान्न अभाव हुने भयले आत्तिनु पर्ने अवस्था पोखरामा नरहेको बताए । उनको अनुसार अझै करिब ३ महिनासम्मको लागि पोखरालाई पुग्ने खाद्यान्न बजारमा छ । 

‘अहिल आत्तिनु पर्ने अवस्था छैन,’ उनले भने, ‘पोखराको बजारमा खाद्यन्न पर्याप्त छ । आज हामीले पोखरालाई कति महिना खाद्यान्न पुग्दो रैछ भनेर बजार अनुगमन गरेर हे¥यौं, अझै २÷३ महिना पोखरालाई खाद्यान्न पुग्ने अनुगमनबाट देखियो ।’
 
स्टक राखिएको खाद्यान्नको कालोबजारी हुने हो कि ? भन्ने प्रश्नमा स्टक राखिएको खाद्यान्नको कत्ति पनि मूल्य बृद्धि नहुने समते उनले स्पष्ट पारे । 

अनुगमन गरिएका खाद्यान्न गोदाममध्ये सबैभन्दा धेरै श्रीकृष्ण राइस मिलमा ७ हजार क्विन्टल, मिनबहादुर शेरचन स्टोर्समा ४ हजार ४५सय क्विन्टल खाद्यान्न स्टक राखिएको उनले जानकारी दिए । यस्तै, अन्य स्टोर्समा पनि २४÷२५ सयको हाराहारीमा खाद्यान्न स्टक गरेर राखिएको उनले सुनाए । 

यद्यपि, तेलको मुल्यमा भने सामान्य बृद्धि हुने उनको भनाईं छ । तर, स्टक गरेर राखिएको खाद्यान्नमा भने मुल्य बृद्धि नहुने उनले बताए । बजारमा खाद्यान्न सामग्रीको मुल्य बृद्धि नभए पनि स्वास्थ सामग्रीमा त मुल्य बृद्धि भएको छ नि भन्ने प्रश्नमा स्वास्थ सामग्रीको मुल्य बाहिरबाटै बढेर आएको हुनाले त्यसतर्फ सरकारले नै रोक लगाउनु पर्ने उनले बताए । 

केही समय अघि महेन्द्र पुलको स्याङ्जा मेडिकल हल, हस्पिटल चोकको परि फर्मा र पस्र्याङ चोकको निर्देश फर्माले मनपरि मुल्यमा मास्क बेचेको भन्दै उपभोक्ता अधिकार मञ्चले ताला लगाएको थियो । निर्देश फर्मा भने खरिल मुल्य नै बढी परेको कारण देखाएर बचेको थियो । अन्य दुई मेडिकललाई ५०÷५० हजारको दरले जरिवाना तिराएर छोडिएको थियो । उनीहरुविरुद्ध कानुनी लडाईं भने अझै चलि रहेको उनले सुनाए । 

मनपरि मुल्य लगाउने मेडिकलबाट जफत गरिएको मास्क भने मुद्दा अनुसार फिर्ता दिने वा जफत गर्ने त्यसपछि तय हुने उनले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप