अनुले ल्याइन् ‘आकांक्षा’
सोमबार, २४ चैत २०७६, १२ : २०
काठमाडौं । गायन रियालटी शो ‘दि भोइस अफ नेपाल’ की प्रतियोगी अनु शाक्यको नयाँ गीत ‘आकांक्षा’ सार्वजनिक भएको छ ।
अपेक्षा गुरुङको शब्द रहेको गीतमा संगीत उनले आफैले गरेकी छन् । गीतको भिडियो पनि बनाइएको छ । जसमा एलिशा न्यौपानेको अभिनय देख्न सकिन्छ ।
सन्तु लामाको निर्देशन रहेको भिडियोमा रुमन लामाको सम्पादन रहेको छ ।
२०१७ मा ‘अनु र बिम्ब’ ब्याण्ड स्थापना गरेकी उनले सोही ब्याण्ड मार्फत अहिले गीतहरु बाहिर ल्याउने गरेकी छन् ।
ब्याण्डको लिड भोकलिष्ट अनु हुन् भने गिटारिष्टमा दिनेश नकर्मी, रिदम गिटारिष्टमा दीविन शाक्य, ड्रमरमा अशमी महर्जनलगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर