बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘क्वारेन्टाइन अभिनयान नाट्य महोत्सव’मा आज ‘एल्म मुनिको तिर्खा’

सोमबार, २४ चैत २०७६, १२ : ३६
सोमबार, २४ चैत २०७६

काठमाडौं - ‘क्वारेन्टाइन अभिनयान नाट्य महोत्सव’को ११औं दिन आज सोमबार नाटक ‘एल्म मुनिको तिर्खा’ देखाइने भएको छ । 

आरोहण गुरुकुलको प्रस्तुतिमा डेवोरा मेरोलाको निर्देशन रहेको नाटक साँझ ५ बजे थिएटर मलको फेसबुक पेज मार्फत हेर्न सकिनेछ ।

नाटक सन् १९२४को युनि ओनिलको नाटक ‘डिजायर अन्डर द एल्म्स’मा आधारित रहेको छ । ९आंै बर्ष अगाडि यो नाटक गुरुकुलमा मञ्चन भएको थियो ।

नाटकमा प्रविन खतिवडा, राजकुमार पुडासैनी, सरस्वती चौधरी, कमलमणी नेपाल, बिपिन कार्की, अरुणा कार्की लगायतको अभिनय रहेको थियो । 

थिएटर मल किर्तिपुर नाटकघरले सेन्टर फर चिल्ड्रेनको सहयोगमा गत १४ गतेदेखि ‘विश्व रंगमञ्च दिवसको अवसर पारेर सरकारले गरेको लकडाउनमा घरमा बसेकाको लागि दिन बिताउन सजिलो हुने भन्दै ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप