बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनले महालेखा परीक्षकको प्रतिवेदन चैत मसान्तमा नआउने

सोमबार, २४ चैत २०७६, १४ : ४५
सोमबार, २४ चैत २०७६

काठमाडौं । लकडाउनका कारण महालेखा परीक्षकको प्रतिवेदन समयमै नआउने भएको छ । 

गत आर्थिक बर्ष (२०७५/०७६) को लेखा परीक्षण प्रतिवेदन यही चैत्र मसान्तमा राष्ट्रपतिलाई बुझाउन नसकिने अवस्था रहेको महालेखा परीक्षक टंकमणी शर्माले बताए ।

 उनले भने, ‘लकडाउनले समयमै प्रतिवेदन बुझाउन सकिँदैन, लकडाउन सकिने वित्तिकै प्रतिवेदनलाई अन्तिम रुप दिने काम हुन्छ । ’

महालेखाले ५६ औं वार्षिक प्रतिवेदन गत वर्ष निकालेको थियो ।  जसमा ५१ खर्ब ६० अर्बको लेखा परीक्षण गरेको थियो  । महालेखाको प्रतिवेदनले प्रत्येक बर्ष बेरुजु बढ्दै गएको देखाउँछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप