भक्तपुर क्यान्सर अस्पताल र तिलगंगा आँखा अस्पताललाई सनराइज बैंकको पीपीई सहयोग
काठमाडौं– सनराइज बैंकले भक्तपुर क्यान्सर अस्पताल र तिलगंगा आँखा अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई वितरण गरेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्षमा त्यसको जोखिम बढेको हुँदा विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सर्हानिय रहेको भन्दै सहयोग गरेको बैंकले जनाएको छ ।
बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाभाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पीपीई दिइएको हो । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्पतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पिपिइ र ५०० थान माक्स हस्तान्तरण गरे ।
साथै तिलगंगा आँखा अस्तपतालमा पनि ५ थान पीपीई हस्तान्तरण गरे । हालसम्म सनराइज बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० भन्दा बढी पीपीई उपलब्ध गराइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा